काठमाडौं । पछिल्लो २४ घण्टामा १९ सय १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार २२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार बिहीबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४ हजार २४२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा २३ सय ४९ जनाले कोरोना जितेका छन् । योसँगै कोरोना जित्नेको संख्या १ लाख ६४ हजार ५९२ पुगेको छ ।
अहिले ९७४ जना क्वारेन्टाइनमा छन् भने सक्रिय संक्रमितको संख्या ३८ हजार ४६१ रहेको मन्त्रालयले जनाएको छ ।
अहिलेसम्म नेपालमा १५ लाख ८४ हजार ३१७ जनाको पीसीआर परीक्षण गरिएको छ ।
त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ सय ८९ पुगेको छ ।