Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आज देशभर १४ सय ४२ संक्रमित थपिए, १२ जनाको मृत्यु

आज देशभर १४ सय ४२ संक्रमित थपिए, १२ जनाको मृत्यु

दैनिकी न्यूज

३, मंसिर २०७७
आज देशभर १४ सय ४२ संक्रमित थपिए, १२ जनाको मृत्यु
images

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १४ सय ४२ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ६ हजार ७३१ जनाको पिसिआर परीक्षण गर्दा एक हजार ४४२ जनामा कोरोना पुष्टि भएको हो । नयाँ थपिएका सङ्क्रमितसँगै नेपालमा अहिलेसम्म दुई लाख १२ हजार ९१७ जनामा कोरोना पुष्टि भएकोे छ ।

काठमाडौं उपत्यकामा थप १ हजार ३८ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ४०३ महिला र ६३५ पुरुषलाई कोरोना पुष्टि भएको हो । थपिएका नयाँ संक्रमितहरुमध्ये काठमाडौंमा ८२२, भक्तपुरमा ४८ र ललितपुरमा १६८ जना छन् ।

२४ घण्टामा ३५ सय ३८ डिस्चार्ज भएसँगै कोरोना जित्नेको संख्या भने १ लाख ८२ हजार ७८० पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या भने १२ सय ५९ पुगेको मन्त्रालयले जनाएको छ ।

२८ हजार ८७८ जना आइसोलेशनमा छन् भने ९१० जना क्वारेन्टिनमा छन् । अहिलेसम्म नेपालमा १६ लाख २३ हजार ७५४ जनाको पीसीआर परीक्षण भएको छ ।

images
प्रकाशित मिति :मंसिर ३, २०७७ बुधवार - १६:५३:४४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology