Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

कोरोना संक्रमित निको हुने संख्या एकैदिन ५ हजार नाघ्यो, यस्तो छ शुक्रबारको अवस्था

कोरोना संक्रमित निको हुने संख्या एकैदिन ५ हजार नाघ्यो, यस्तो छ शुक्रबारको अवस्था

दैनिकी न्यूज

५, मंसिर २०७७
कोरोना संक्रमित निको हुने संख्या एकैदिन ५ हजार नाघ्यो, यस्तो छ शुक्रबारको अवस्था
images

काठमाडौं । पछिल्लो २४ घण्टामा १९ सय ४५ जनामा कोरोना भाइरस संक्रमण (कोभिड–१९) देखिएको छ। यो सँगै संक्रमितको संख्या २ लाख १६ हजार ९६५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हालसम्म १६ लाख ४२ हजार ८९९ वटा पीसीआर नमूना परीक्षण गरिएको छ।

काठमाडौं उपत्यकामा थप ११ सय ७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । मन्त्रालयले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ४८४ जना महिला र ६२३ जना पुरुष गरि थप ११०७ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो ।

त्यस्तै शुक्रबार ५३ सय ६४ जना डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या १ लाख ९१ हजार २ पुगेको छ।

यस्तै मन्त्रालयका अनुसार २४ हजार ६६५ कोरोनाका सक्रिय संक्रमित छन्। २४ हजार ६६५ जना आइसोलेसनमा र ७५३ जना क्वारेन्टाइनमा छन्।

नेपालमा कोरोनाबाट १२ सय ९८ जनाको मृत्यु भएको छ। शुक्रबार मात्र २२ जनाको कोरोनाबाट मृत्यु भएको छ।

images
प्रकाशित मिति :मंसिर ५, २०७७ शुक्रवार - १७:५३:०३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology