Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आइतबार १६ सय ६९ जना कोरोना संक्रमित थपिए

आइतबार १६ सय ६९ जना कोरोना संक्रमित थपिए

दैनिकी न्यूज

७, मंसिर २०७७
आइतबार १६ सय ६९ जना कोरोना संक्रमित थपिए
images

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या २ लाख २० हजार ३०८ जना पुगेको छ । आज (आइतबार) १ हजार ६६९ जना नयाँ संक्रमित थपिएका छन् ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३२१ पुगेको छ । आज मात्र १६ जनाको मृत्यु भएको छ ।

आज ५ हजार ६९९ जना निको भई घर फर्किएका छन् । योसँगै कोरोनाबाट निको हुनेको संख्या १ लाख ९९ हजार ४० पुगेको छ ।

आजको पिसिआर परीक्षण ८ हजार ३२ रहेको छ । आजसम्म जम्मा पिसिआर परीक्षण १६ लाख ६० हजार ७५ रहेको छ । १९ हजार ९६३ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा ६ हजार ३५१ जना छन् र होम आइसोलेसनमा १३ हजार ६१२ छन्। यस्तै क्वारेन्टाइनमा ६८६ जना रहेका छन्। आइसीयूमा ३५९ जनाको र ६६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। 

 

images
प्रकाशित मिति :मंसिर ७, २०७७ आइतवार - १६:३७:०५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology