Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

कोरोना संक्रमित ह्वात्तै घटे, जाडो याममै घटेको हो संक्रमणको जोखिम !

कोरोना संक्रमित ह्वात्तै घटे, जाडो याममै घटेको हो संक्रमणको जोखिम !

दैनिकी न्यूज

८, मंसिर २०७७
कोरोना संक्रमित ह्वात्तै घटे, जाडो याममै घटेको हो  संक्रमणको जोखिम !
images

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या दुई लाख नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ३ हजार ४३ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । नेपालमा योसँगै निको हुनेको २ लाख २ हजार ६७ पुगेको छ । त्यसका साथै २४ घण्टामा कोरोना संक्रमणबाट १६ जनाको मृत्यु भएसँगै हालसम्म मृत्यु हुनेको संख्या १ हजार ३३७ पुगेको छ । हालसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख २२ हजार २८८ रहेको छ ।  

पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार ९ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १० हजार ३ सय ८१ पीसीआर परीक्षण भएका छन् ।

images
प्रकाशित मिति :मंसिर ८, २०७७ सोमवार - १७:५२:४० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology