काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९४७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार दिएको जानकारीअनुसार २४ घण्टामा संक्रमित पुष्टि हुनेमा ४१० महिला र ५३७ पुरुष रहेका छन् । मन्त्रालयका अनुसार काठमाडौंमा ६९२, भक्तपुरमा ६५ र ललितपुरमा १९० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । देशभर मंगलबार १ हजार ७९० जनामा संक्रमण पुष्टि भएको थियो । हालसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख २४ हजार ७८ पुगेको छ । २४ घण्टामा २ हजार ७९१ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । नेपालमा कोरोना निको हुने संख्या २ लाख ४ हजार ८५८ पुगेको छ । २४ घण्टामा कोरोना संक्रमणबाट २४ जनाको मृत्यु भएसँगै हालसम्म मृत्यु हुनेको संख्या १ हजार ३६१ पुगेको छ । मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १६ लाख ८१ हजार २९९ परीक्षणहरु गरिएका छन् । देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म १७ हजार ८५९ छ भने क्वारेन्टाइनमा रहनेको संख्या ६२७ जना रहेका छन् ।