Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

मध्य चिसो सुरु हुन लाग्दा नेपालमा कस्तो छ कोरोना संक्रमणको पछिल्लो अवस्था ?

मध्य चिसो सुरु हुन लाग्दा नेपालमा कस्तो छ कोरोना संक्रमणको पछिल्लो अवस्था ?

दैनिकी न्यूज

१६, मंसिर २०७७
मध्य चिसो सुरु हुन लाग्दा नेपालमा कस्तो छ कोरोना संक्रमणको पछिल्लो अवस्था ?
images

काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार ३ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा जम्मा ८ हजार ५ सय८३ पीसीआर परीक्षण भएका छन् । मन्त्रालयका अनुसार मंगलबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३३ हजार ४ सय ५२ पुगेको छ । यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर २ हजार ७३ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख १६ हजार ५ सय ९४ जना पुगेको छ । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या १६ हजार ६ सय ३३ पुगेको छ । त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप २१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ सय २९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा २ सय ४० महिला र २ सय ९० जना पुरुष रहेका छन् । काठमाडौंमा ४ सय ९, भक्तपुरमा ३६ र ललितपुरमा ८५ जना नयाँ संक्रमित थपिएका हुन् । मंगलबार देशभर १ हजार ३ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार उपत्यकामा ८ सय ९ जना संक्रमित थपिएका थिए ।

images
प्रकाशित मिति :मंसिर १६, २०७७ मंगलवार - १८:४०:१८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology