Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आज १ हजार १४ जना संक्रमित थपिए

आज १ हजार १४ जना संक्रमित थपिए

दैनिकी न्यूज

२२, मंसिर २०७७
आज १ हजार १४ जना संक्रमित थपिए
images

काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार १४ जनामा कोरोना भाइरस संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ थपिएका सहित कोरोना संक्रमितको संख्या २ लाख ४१ हजार ९९५ पुगेको छ।

यस्तै सोमबार एकैदिन १६ सय २८ जना डिस्चार्ज भएका छन्। योसहित कोरोना जित्नेको संख्या २ लाख २७ हजार ४३३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार निको हुनेको दर ९४ प्रतिशत हो।

देशभर सक्रिय संक्रमितको संख्या भने १२ हजार ९४८ रहेको छ। अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १६ सय १४ पुगेको मन्त्रालयले जनाएको छ। सोमबार मात्र कोरोनाबाट थप २० जनाको मृत्यु भएको छ।

यस्तै अहिले ५२७ जना क्वारेन्टिन र १२ सय ९४८ आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। सोमबार ६ हजार २२० स्वाब नमूना परीक्षण गराउँदा १ हजार १४ जनामा संकरमण देखिएको मन्त्रालयले जनाएको छ।

images
प्रकाशित मिति :मंसिर २२, २०७७ सोमवार - २०:०३:५४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology