Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आज १३ सय ८२ जना कोरोना संक्रमित थपिए, २३ को मृत्यु

आज १३ सय ८२ जना कोरोना संक्रमित थपिए, २३ को मृत्यु

दैनिकी न्यूज

२३, मंसिर २०७७
आज १३ सय ८२ जना कोरोना संक्रमित थपिए, २३ को मृत्यु
images

काठमाडौं । पछिल्लो २४ घण्टामा १३ सय ८२ जनामा कोरोना भाइरस संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ थपिएका सहित कोरोना संक्रमितको संख्या २ लाख ४३ हजार ३७७ पुगेको छ।

यस्तै मंगलबार एकैदिन १६ सय २१ जना डिस्चार्ज भएका छन्। योसहित कोरोना जित्नेको संख्या २ लाख २९ हजार ५४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। म

देशभर सक्रिय संक्रमितको संख्या १२ हजार ६ सय ८६ रहेको छ। अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १६ सय ३७ पुगेको मन्त्रालयले जनाएको छ। मंगलबार मात्र कोरोनाबाट थप २३ जनाको मृत्यु भएको छ।

यस्तै अहिले ५२३ जना क्वारेन्टिन र १२ हजार ६८६ आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। मंगलबार ८ हजार ९४७ स्वाब नमूना परीक्षण गराउँदा १३ सय ८२ जनामा संकरमण देखिएको मन्त्रालयले जनाएको छ।

images
प्रकाशित मिति :मंसिर २३, २०७७ मंगलवार - १६:३३:०३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology