Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आज ७ सय ८२ जना कोरोना संक्रमित थपिए

आज ७ सय ८२ जना कोरोना संक्रमित थपिए

दैनिकी न्यूज

३, पौष २०७७
आज ७ सय ८२ जना कोरोना संक्रमित थपिए
images

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा थप ७ सय ८२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा ३ सय ५ महिला र ४ सय ७७ जना पुरुष रहेका छन् । यो सँगै नेपालमा २ लाख ५२ हजार ४७४ जनामा कोरोना संक्रमण देखिएको छ ।


हालसम्म पीसीआर परीक्षणको संख्या १८ लाख ६१ हजार ४३० छ भने २४ घण्टामा ५ हजार ७०६ पीसीआर परीक्षण भएका छन् । देशभरी सक्रिय संक्रमितको संख्या ९ हजार ३१७ छ । क्वारेन्टाइनमा रहनेको संख्या ४२७ रहेको छ ।

२४ घण्टामा १ हजार २९ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै कोरोना संक्रमणबाट मुक्त भइ २ लाख ४१ हजार ३९२ जना घर फर्किसकेका छन् ।

त्यसैगरी २४ घण्टामा १६ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७६५ पुगेको छ ।

त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौं उपत्यकामा थप २८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि हुनेमा १२१ महिला र १६६ जना पुरुष रहेका छन् । काठमाडौंमा २०२, भक्तपुरमा ९ र ललितपुरमा ७६ जना नयाँ संक्रमित थपिएका हुन् ।

images
प्रकाशित मिति :पौष ३, २०७७ शुक्रवार - १६:१६:५६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology