Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आज ७ सय १० जना कोरोना संक्रमित थपिए

आज ७ सय १० जना कोरोना संक्रमित थपिए

दैनिकी न्यूज

४, पौष २०७७
आज ७ सय १० जना कोरोना संक्रमित थपिए
images

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा थप ७ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा हालसम्म २ लाख ५३ हजार १८४ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म पीसीआर परीक्षणको संख्या १८ लाख ६६ हजार २१० छ । देशभरी सक्रिय संक्रमितको संख्या ८ हजार ८४० छ । क्वारेन्टाइनमा रहनेको संख्या ४२१ रहेको छ ।

२४ घण्टामा १ हजार १७५ कोरोनामुक्त, १२ को मृत्यु २४ घण्टामा १ हजार १७५ जना कोरोनामुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै हालसम्म कोरोना संक्रमणबाट मुक्त भइ २ लाख ४२ हजार ५६७ जना घर फर्किसकेका छन् ।

त्यसैगरी २४ घण्टामा १२ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७७७ पुगेको छ ।

images
प्रकाशित मिति :पौष ४, २०७७ शनिवार - १८:२७:५० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology