Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

यस्तो छ नेपालमा कोरोना संक्रमणको पछिल्लो अवस्था

यस्तो छ नेपालमा कोरोना संक्रमणको पछिल्लो अवस्था

दैनिकी न्यूज

९, पौष २०७७
यस्तो छ नेपालमा कोरोना संक्रमणको पछिल्लो अवस्था
images

काठमाडौं । पछिल्लो २४ घण्टामा बिहीबार थप ६१३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमण पुष्टि हुनेमा २३३ महिला र ३८० जना पुरुष रहेका छन् । हालसम्म नेपालमा २ लाख ५६ हजार ५९२ संक्रमितको संख्या पुगेको छ । त्यसैगरी २४ घण्टामा ७३९ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको २ लाख ४७ हजार ४०० संख्या पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म ७ हजार ३८४ छ । मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १८ लाख ९६ हजार २५० परीक्षणहरु गरिएका छन् । २४ घण्टामा जम्मा ५ हजार ५१० पीसीआर परीक्षण भएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ४०० रहेको छ । कोरोना संक्रमणबाट २४ घण्टामा थप ५ को मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८०८ जना पुगेको छ । 

यस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २४४ कोरोना संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित पुष्टि हुनेमा सय जना महिला र १ सय ४४ पुरुष रहेका छन् । काठमाडौंमा १ सय ९९, भक्तपुरमा १८ र ललितपुरमा २७ जना नयाँ संक्रमित थपिएका हुन् ।

images
प्रकाशित मिति :पौष ९, २०७७ बिहिवार - १६:४९:४० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology