Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

कक्षा १२ को परीक्षा : ३० पूर्णाङ्क, नम्बर दिइयो ६० !

कक्षा १२ को परीक्षा : ३० पूर्णाङ्क, नम्बर दिइयो ६० !

दैनिकी न्यूज

१५, माघ २०७७
कक्षा १२ को परीक्षा : ३० पूर्णाङ्क, नम्बर दिइयो ६० !
images


काठमाडौं । शिक्षकले जथाभावी प्राप्तांक पठाउँदा कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाइ भएको छ । कार्यविधिमा तोकिएको सिस्टममा परीक्षा केन्द्रहरुबाट नम्बर नआउँदा लक्ष्यअनुसार नतिजा सार्वजनिक गर्न नसकिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । गत मंसिर १६ गते कक्षा १२ को संक्षिप्त परीक्षा सकिएको थियो ।

‘परीक्षा सकिएको महिना दिनमा नतिजा प्रकाशन गर्न सक्छौँ जस्तो लागेको थियो,’ बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले भने, ‘विद्यार्थीको प्राप्तांक रुजु गरेर सिस्टम इन्ट्री गर्न धेरै समय लाग्यो, अब यो साताभित्रै नतिजा प्रकाशित गर्छौं ।’

कोरोना महामारीका कारण बोर्डले कूल पूर्णाङ्कमध्ये ४० प्रतिशतको संक्षिप्त परीक्षा सञ्चालन गरेको थियो । विद्यार्थीको प्राप्तांक पठाउने क्रममा विद्यालयहरुले जथाभावी गरेको बोर्डका कर्मचारी बताउँछन् । पूर्णाङ्कभन्दा बढी नम्बर दिने र पूर्णाङ्क बराबर नै अंक दिएको पाइएको रुजुमा संलग्न एक कर्मचारीले बताए ।

‘शतप्रतिशत पूर्णाङ्कलाई ४० प्रतिशत कायम गरिएको थियो, शिक्षकहरुले कुरा नबुझेर हो कि ३० पूर्णाङ्कको परीक्षामा ६० नम्बर दिएको भेटियो,’ उनले भने, ‘कतिपयले ३० मा ३० नै दिएका छन् । ।’

अंग्रेजी, नेपाली लगायत भाषा विषयमा पनि पूर्णाङ्क बराबर नम्बर दिएर पठाएपछि बोर्डले उत्तर पुस्तिका परीक्षण गर्ने शिक्षकलाई बोलाएर त्रुटि सच्याउन लगाएको थियो ।

आजको कान्तिपुर दैनिकमा समाचार छ । 

images
प्रकाशित मिति :माघ १५, २०७७ बिहिवार - ०८:३३:५१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology