ललितपुर । एम्स इन्टरनेशनल कलेजले एक सय एघारौं नारी दिवसको अवसरमा प्रभातफेरी सहितको कार्यक्रम आयोजना गरेको छ । ललितपुरको लगनखेलमा रहेको कलेजले सोमबार कलेजदेखी जावलाखेलसम्म प्रभातफेरी गरेको कलेजका कोर्डीनेटर सुनिल महर्जनले जानकारी दिए । नेवारी समुदायको स्थानीय बाजागाजा, धुन सहितको झाकी नारी विद्यार्थीहरुले नै बजाएका थिए । बिहान ७ बजेदेखि १० बजेसम्म भएको कार्यक्रममा एम्स कलेजमा बिए पहिलो र दोस्रो वर्षमा 'सोसल वर्क' अध्ययन गर्ने विद्यार्थीहरु सहभागी थिए । उनीहरूले महिलामाथि हुने बलात्कार, हिंसा रोक्नुपर्ने सहितको प्ले कार्ड बोकेका थिए । केही विद्यार्थीहरुले नारी मुक्ती र स्वतन्त्रता सम्बन्धि कविता, गीत, गजल र मुक्तक, सायरी प्रस्तुत गरेका थिए । प्रभातफेरि पछिको कार्यक्रमलाई सम्बोधन गर्दै कलेज कोर्डिनेटर महर्जनले नारीहरुलाई सम्मान गर्ने संस्कार घरबाट सिक्नुपर्ने बताए । 'हामीले घरबाट नै नारीहरुमाथी हुने असमान व्यवहारको अन्त्य गराउनुपर्छ,' महर्जनले भने,' एम्स कलेजमा त महिला समानता सहभागिता मुख्य प्राथमिकता दिइएको छ ।' कलेजमा पुरुष भन्दा महिलाले अध्ययन गरेको बताउँदै उनले शिक्षाबाट नै समाजमा रहेको असमानता हटाउन सकिने बताए । सो कार्यक्रमलाई प्रहरीले पनि साथ दिएको थियो । एम्स कलेजमा सोसल वर्क, ग्रामीण विकास, समाजशास्त्र,व्यवस्थापन लगायतको पढाई हुन्छ ।