Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

४ दिन सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने सरकारको निर्णय

४ दिन सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने सरकारको निर्णय

दैनिकी न्यूज

१६, चैत्र २०७७
४ दिन सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने सरकारको निर्णय
images

काठमाडौं । सरकारले यो साताभर देशभरका सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ। शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालयले देशभरका शिक्षणसंस्था चारदिन अर्थात चैत्र २० गतेसम्म बन्द गर्ने निर्णय गरेको हो । 

मन्त्रालयमा आज बसेको मन्त्रीस्तरीय आकष्मिक बैठकले वायुमण्डलमा देखिएको मौसमी प्रतिकूलता (वायु प्रदुषण) बालबालिकाहरुको लागि हानिकारक रहेकोले ४ दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

बैठकमा शिक्षा सचिव रामप्रसाद थपलिया, विज्ञान मन्त्रालयका सचिव डा. सञ्जय शर्मा, मन्त्रालयका प्रवक्ता एवम् सहसचिव दीपक शर्मा, सहसचिव डा. हरि लम्साल, शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बैकुण्ठ अर्याललगायतको सहभागिता थियो ।

images
प्रकाशित मिति :चैत्र १६, २०७७ सोमवार - २०:५१:३३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology