Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आज एसईईको नतिजा प्रकाशित हुने

आज एसईईको नतिजा प्रकाशित हुने

दैनिकी न्यूज

२३, श्रावण २०७८
आज एसईईको नतिजा प्रकाशित हुने
images

काठमाडौँ । आज राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गर्ने भएको छ । बोर्डका एक सदस्यले एसईईको नतिजा प्रकाशित गर्ने सम्भावना रहेको जानकारी दिए ।

कक्षा १२ को साउन ३१ गतेदेखि हुने परीक्षाको विषयमा निर्णय लिन बोर्ड बैठक डाकिएको थियो । सोही बैठकले एसईईको नतिजा सार्वजनिक गर्ने निर्णय गर्ने स्रोतले जनायो ।

अहिले बोर्ड बैठक बसिरहेको छ । विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा एसईईको नतिजा सार्वजनिक गर्न लागिएको हो । मुलुकभरका विद्यालयले विद्यार्थीको प्राप्तांक पठाएका थिए ।

५ लाख १७ हजार विद्यार्थी एसईईको नतिजाको पखाईमा छन् ।

images
प्रकाशित मिति :श्रावण २३, २०७८ शनिवार - १३:४१:२१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology