Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

एसईई परीक्षाफल सार्वजनिकः ४ लाख ८४ हजार २ सय ७८ उत्तीर्ण

एसईई परीक्षाफल सार्वजनिकः ४ लाख ८४ हजार २ सय ७८ उत्तीर्ण

दैनिकी न्यूज

२३, श्रावण २०७८
एसईई परीक्षाफल सार्वजनिकः ४ लाख ८४ हजार २ सय ७८ उत्तीर्ण
images

काठमाडौँ । शनिबार राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको प्रवेशिका परीक्षा (एसईई) को परीक्षाफल शनिबार दिउँसो सार्वजनिक गरेको छ । जस अनुसार ५ लाख १७ हजार १ सय २२ जनाले परीक्षा फारम भरेकोमा ४ लाख ८४ हजार २ सय ७८ उत्तीर्ण भएको परीक्षा नियन्त्रक कार्यालयका उपनियन्त्रक चेतनाथ शर्माले बताएका छन् ।

कोरोनाभाइरस (कोभिड–१९) का कारण परीक्षा हुन नसकेपछि विद्यालयहरुले आन्तरिक मुल्यांकन गरी प्राप्तांक पठाएका थिए । सोही आधारमा परीक्षा नियन्त्रण कार्यालयले शनिबार परीक्षाफल प्रकाशन गरेको हो ।

परीक्षा बोर्डको आधिकारिक वेबसाइट, नेपाल टेलिकम र एनसेलको वेबसाइटमार्फत परीक्षाफल हेर्न सकिन्छ । यस्तै नेपाल टेलिकमको १६०० र एनसेलको १६०० नम्बरमा एसएमएस गरेर पनि नतिजा थाहा पाउन सकिन्छ । 

images
प्रकाशित मिति :श्रावण २३, २०७८ शनिवार - १८:०९:५८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology