Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

कक्षा १२ को परीक्षा तालिका प्रकाशित, आफ्नै स्कुलमा परीक्षा हुने

कक्षा १२ को परीक्षा तालिका प्रकाशित, आफ्नै स्कुलमा परीक्षा हुने

दैनिकी न्यूज

१६, भाद्र २०७८
कक्षा १२ को परीक्षा तालिका प्रकाशित, आफ्नै स्कुलमा परीक्षा हुने
images

भक्तपुर । कक्षा १२ को वार्षिक परीक्षा भदौ ३० गतेबाट हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सनोठिमीले यसअघि स्थागित गरिएको कक्षा १२ को परीक्षा भदौ ३० गतेबाट संचालन गर्नेगरि बुधबार तालिका प्रकाशित गरेको छ । सूचना अनुसार परीक्षा सम्बन्धित विद्यालयमै हुनेछ ।

परीक्षा केन्द्रले नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड र सामाजिक दुरी पालना गरी परीक्षा संचालन गर्नुपर्ने छ । परीक्षा असाेज ८ गतेसम्म संचालन हुने बाेर्डका सदस्यसचिव दुर्गा अर्यालले बताए । यसअघि साउन ३१ गतेबाट हुने भनिएको परीक्षा साउन २३ मा दाेस्रोपटक स्थगित गरिएकाे थियाे ।

यसअघि बैशाखमा परीक्षा गर्ने तयारी थियाे । परीक्षा गर्न अहिले सीसीएमसीले पनि अनुमति दिएकाे छ ।

images
प्रकाशित मिति :भाद्र १६, २०७८ बुधवार - २०:४२:२१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology