Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

किन जोखिममा छन् विद्यालय जाने बालबालिका ?

किन जोखिममा छन् विद्यालय जाने बालबालिका ?

दैनिकी न्यूज

२९, भाद्र २०७८
किन जोखिममा छन् विद्यालय जाने बालबालिका ?
images

काठमाडौं । स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार बालबालिकाले जनस्वास्थ्यको सहि मापदण्ड पालना गर्न सक्दैनन्। ‘हातले नाक, मुख नछोउ र बाहिर नजाउ भनेर अभिभावकले सम्झाए पनि विद्यालयमा पुगेपछि पालना गर्छन् नै भन्ने छैन,’ उनले भने।

नेपाल बाल चिकित्सक समाज अध्यक्ष डा. गणेशकुमार राई कोरोनाको तेस्रो संक्रमणमा बालबालिका प्रभावित हुने बताउँछन्। ‘ठूला व्यक्ति संक्रमणसँग जुधेका छन्। उनीहरूमा एन्टीबडी बनिसकेको छ,’ डा। राईले भने, ‘१८ वर्षमुनिका बालबालिकाले खोप पनि पाएका छैनन्। त्यसैले रोगसँग लड्ने क्षमता पनि न्यून छ। त्यसैले बढी बालबालिका बढी प्रभावित हुने आकलन गरिएको छ।’

विद्यार्थी चढ्ने बस र विद्यालयमा पनि भौतिक दूरी पालना गर्नुपर्ने स्वास्थ्य मन्त्रालयका पूर्वप्रमुख विशेषज्ञ डा। सुशीलनाथ प्याकुरेल बताउँछन्। जोखिम अवधिभर सामूहिक क्रियाकलाप गराउन नहुने डा। प्याकुरेलले बताए।

यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

images
प्रकाशित मिति :भाद्र २९, २०७८ मंगलवार - ०७:५७:१९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology