Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

समन्वयबिना काठमाडौंमा विद्यालय सञ्चालन, शिक्षा समिति बैठक आज

समन्वयबिना काठमाडौंमा विद्यालय सञ्चालन, शिक्षा समिति बैठक आज

दैनिकी न्यूज

५, आश्विन २०७८
समन्वयबिना काठमाडौंमा विद्यालय सञ्चालन, शिक्षा समिति बैठक आज
images

 

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले गत भदौ ३१ गते जारी सूचनामा विद्यालय सञ्चाल भौतिकरुपमा सकेसम्म नगर्न र गर्नैपरेमा स्थानीय तहसँगको समन्वयमा सञ्चालन गर्न आग्रह गरेको थियो तर काठमाडौंका कतिपय विद्यालयहरु स्थानीय तहसँगको समन्वयविना नै सञ्चालन भएका छन् ।

काठमाडौका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालकाअनुसार जिल्ला प्रशासन कार्यालयले सकेसम्म दशैअघि विद्यालय सञ्चालन नगर्न आग्रह गरेको बताउनुभयो । “हाम्रो आग्रह दशैअघि सकेसम्म विद्यालय सञ्चालन नगर्नु भन्ने थियो तर विद्यालय सञ्चालकहरुले सबै क्षेत्र खुलेको अवस्थामा विद्यालय पनि खुलायनु पर्छ भन्ने आग्रह गरेअनुसार स्थानीय तहको समन्वयमा खोल्न पाउने निर्णय गरेका हौँ” उहाँले भन्नुभयो ।

बालबालिकाहरुले खोप नलगाएको अवस्था र अझैपनि जोखिम नटरेको अबस्थामा तत्काल भौतिकरुपमा विद्यालय सञ्चालनको लागि आफूहरु सहमत नरहेको प्रजिअ रिजालले बताउनुभयो । स्थानीय तहसँगको समन्वयविना नै बिद्यालयहरु सञ्चालन भएको पाइएमा स्थानीय तहले नै कारवाही गर्नसक्ने उहाँले बताउनुभयो ।

यता काठमाडौं महागरपालिकाका शिक्षा महाशाखा प्रमुख रामप्रसाद सुवेदीले भने महानगरमा अझै विद्यालय सञ्चालनका लागि औपचारिक निर्णय भैनसकेको बताउनुभयो । यसबारेमा निर्णय गर्न मंगलबार नगर शिक्षा समितिको बैठक बस्न लागेको उहाँले बताउनुभयो ।

सो बैठकले महानगरमा विद्यालयहरु कसरी सञ्चालन गर्ने, कहिले सञ्चालन गर्ने भन्ने निर्णय गर्ने सुवेदीले बताउनुभयो । आफूहरुले विद्यालय सञ्चालन गर्न सकिने विषयमा २७ बुँदे मापदण्ड तयार पारेको र आज (मंगलबार) को बैठकमा उक्त मापदण्डमाथि पनि छलफल गरिने उहाँले बताउनुभयो । विद्यालयहरु औपचारिक रुपमा कहिले र कसरी सञ्चालन गर्ने भन्ने विषयमा बैठकको निर्णयपछि टुङ्गो लाग्ने उहाँको भनाइ छ । गोरखापत्र दैनिकबाट

images
प्रकाशित मिति :आश्विन ५, २०७८ मंगलवार - ०७:१७:३६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology