Logo

आइतवार, श्रावण २४ गते २०८३

images

सस्तो मूल्यमा डिशहोमको ३०० एमबीपीएस इन्टरनेट

सस्तो मूल्यमा डिशहोमको ३०० एमबीपीएस इन्टरनेट

दैनिकी न्यूज

६, पौष २०७८
सस्तो मूल्यमा  डिशहोमको ३०० एमबीपीएस इन्टरनेट
images

काठमाडौँ।  सेवा प्रदायकबीच ‘स्पिड वार’ चलिरहेको बेला डिसहोमले पनि उच्च गतिको इन्टरनेट ल्याउने भएको छ ।

डिश होमले मेस राउटरसहित ३०० एमबीपीएस फाइबर इन्टरनेट योजनासहितको नयाँ इन्टरनेट प्याकेज घोषणा गर्ने तयारी गरेको छ।

कम्पनीका महाप्रबन्धक रमेश सापकोटाका अनुसार नयाँ फाइबरनेट प्लान एकदमै सुपथ मुल्यमा घोषणा गरिने छ । उनले दूरसञ्चार नियामक निकाय एनटीएमा शुल्क स्वीकृतिका लागि निवेदन पेश गरिसकेको जानकारी पनि दिए ।

मेस वाइफाइ प्रविधि भएको यो इन्टरनेट अन्य आईएसपीहरूको तुलनामा सस्तो र गुणस्तरीय रहने बताइएको छ।

यस अघि नै डिशहोमले हुवावेसँगको सहकार्यमा नेपाली बजारमा वाई-फाईको नयाँ प्रविधि वाई-फाई सिक्सको घोषणा गरिसकेको छ । 

 केहि समय अघि मात्रै  डिश होमले मल , विद्यालयहरू जस्ता भीडभाड भएका क्षेत्रहरूमा राम्रो जडानको लागि क्याम्पस वाइफाइ सुरु गरेको छ।
डिश होमको नयाँ ३०० एमबीपीएस प्याकेजले वर्ल्डलिङ्कको ६०० एमबीपीएस, भायनेटको १७५ एमबीपीएस र क्लासिक टेकको ५०० एमबीपीएस योजनासँग प्रतिस्पर्धा गर्नेछ।

हाल, डिश होमसँग 10/15/25/40/60/80/100 Mbps इन्टरनेट स्पीड प्याकेजको साथ १/३/६/१२ महिनाको सदस्यता योजना छ।

images
प्रकाशित मिति :पौष ६, २०७८ मंगलवार - १६:३३:०१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology