काठमाण्डौं । शिक्षा मन्त्रालयले माघ १५ गतेसम्म विद्यालयहरु बन्द गर्ने सीसीएमसीको सिफारिसलाई कार्यान्वयनमा लैजाने निर्णय गरेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी माघ १५ गतेसम्म बिद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
हिजो बसेको कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को सिफारिस वमोजिम पुस २७ गतेदेखि माघ १५ गतेसम्म बिद्यालय बन्दको निर्णय गरिएको शिक्षा मन्त्रालयका सहसचिव तथा प्रवक्ता दिपक शर्माले जानकारी दिए ।
