Logo

सोमवार, श्रावण २५ गते २०८३

images

वर्ष दिनसम्म पनि आउँदैन नतिजा, विद्यार्थी मर्कामा

वर्ष दिनसम्म पनि आउँदैन नतिजा, विद्यार्थी मर्कामा

दैनिकी न्यूज

१७, माघ २०७८
वर्ष दिनसम्म पनि आउँदैन नतिजा, विद्यार्थी मर्कामा
images

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले परीक्षा लिएको वर्ष दिनसम्म पनि नतिजा प्रकाशन नगर्दा विद्यार्थी मर्कामा परेका छन् । सामान्यतया परीक्षा सकिएको तीन महिनाभित्र नतिजा सार्वजनिक गर्नुपर्ने त्रिविको नियम छ । तर, अधिकांश विषय तथा तहका परीक्षाको नतिजा सार्वजनिक गर्न त्रिविले छ महिनादेखि एक वर्षसम्म लगाउने गरेको छ ।

परीक्षा नियन्त्रण कार्यालयको कमजोरीको परिणाम विद्यार्थीले भोगिरहेका छन् । यस्तो ढिलाइले विद्यार्थीमा मानसिक असर पर्ने गरेको छ । स्नातक तह दोस्रो वर्षको केही विषयको परीक्षा गत फागुनमा सञ्चालन भइरहँदा कोरोना सङ्क्रमण फैलिएपछि भदौमा सकिएको थियो । अहिले तेस्रो वर्षको परीक्षासमेत फागुनको पहिलो साता सार्वजनिक गर्न पनिकाले तालिका सार्वजनिक गरिसकेको छ तर अघिल्लो वर्षकै नतिजा नआउँदा आफूहरूलाई तनाव भएको विद्यार्थीको गुनासो छ ।


स्नातक तह पहिलो वर्षका परीक्षार्थीको पनि फागुनको पहिलो साताबाटै परीक्षाको मिति तय गरिएको छ तर अघिल्लो वर्षको परीक्षाको नतिजा अहिलेसम्म सार्वजनिक भएको छैन । परीक्षा नियन्त्रक पुष्पराज जोशीले नतिजा सार्वजनिक गर्न जनशक्ति अभाव रहेकाले नतिजा सार्वजनिक गर्न ढिलो भएको बताए । कार्यालयमा हाल रहेका कर्मचारीमध्ये सबै कर्मचारी सूचना प्रविधिमा अभ्यस्त नहुँदा झन् समस्या हुने गरेको त्रिविले बताउँदै आएको छ । जोशीका अनुसार परीक्षा नियन्त्रण कार्यालय (पनिका) मा कुनै बेला २२४ जना कर्मचारी कार्यरत थिए । विभिन्न शाखा मर्ज गरेर उक्त कर्मचारी दरबन्दी १८० जनामा झारिएको छ । तीमध्ये पनि अहिले १४१ जना मात्रै कार्यरत छन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

images
प्रकाशित मिति :माघ १७, २०७८ सोमवार - ०७:२९:१३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology