Logo

सोमवार, श्रावण २५ गते २०८३

images

एसइईको सबै जिम्मा प्रदेशलाई दिने तयारी

एसइईको सबै जिम्मा प्रदेशलाई दिने तयारी

दैनिकी न्यूज

२८, माघ २०७८
एसइईको सबै जिम्मा प्रदेशलाई दिने तयारी
images

काठमाडौं । माध्यामिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षा आगामी वैशाख ९ देखि २० गतेसम्म सञ्चालन हुँदै छ। परीक्षाको मिति निर्धारण भएसँगै यस पटकको परीक्षा प्रदेशले सञ्चालन गर्ने की राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने भन्ने विषयमा चौतर्फी बहसको विषय बनेका छ।

राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन २०७५, शिक्षा नीति २०७६ र संघीय शिक्षा ऐन २०७७ को मस्यौदा तीन वटै कानुनी आधारमा भएको व्यवस्थाअनुसार माध्यामिक शिक्षा परीक्षा कक्षा १० को सञ्चालन व्यवस्थापन तथा नतिजा प्रकाशन र प्रमाणीकरण गर्ने काम प्रदेश सरकारले गर्ने, आधारभूत तहको अन्तिम परीक्षा स्थानीय सरकारले र विद्यालय तहको अन्तिम अर्थात् कक्षा १२ को अन्तिम परीक्षा मात्र राष्ट्रिय परीक्षा बोर्डले गर्नु पर्ने व्यवस्थाको गरेको छ।


राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा। महाश्रम शर्माले तीन वटै ऐन, नियम तथा नीतिमा टेकेर परीक्षा सम्बन्धी व्यवस्थामा संशोधन गरी अबको एसइई परीक्षा प्रदेश सरकारालाई जिम्मेवारी दिने प्रस्ताव शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेललाई बुझाएका छन्। बिहीबार शिक्षा पत्रकार सञ्जाल नेपाल ९इजोन०को सहकार्यमा बोर्डका अध्यक्ष शर्माले पत्रकार सम्मेलन गरी बोर्डको तर्फबाट सकेसम्म वैशाख ९ गतेदेखि सुरु हुने एसइईलाईनै विकेन्द्रीकरण गरी प्रदेश सरकारलाई दिने गरी तयारी अघि बढाएको बताए।

‘कक्षा ११ को पठनपाठनलाई प्रभावित नहुने गरी शैक्षिक सत्रलाई निरन्तररता दिनकै लागि बोर्डले परीक्षा तालिका सार्वजनिक गरेको हो,’ अध्यक्ष शर्माले भने ‘तालिका सार्वजनिक भएपछि विद्यार्थी र विद्यालय परीक्षाको तयारीमा जुट्ने छन्। यो समाचार नागरिक दैनिकमा छ ।

images
प्रकाशित मिति :माघ २८, २०७८ शुक्रवार - ०६:५६:१४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology