Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

शिक्षामन्त्री पौडेल र स्वीस राजदूत क्यापलरसँग शिष्टाचार भेटवार्ता

शिक्षामन्त्री पौडेल र स्वीस राजदूत क्यापलरसँग शिष्टाचार भेटवार्ता

दैनिकी न्यूज

४, फाल्गुण २०७८
शिक्षामन्त्री पौडेल र स्वीस राजदूत क्यापलरसँग शिष्टाचार भेटवार्ता
images

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र नेपालका लागि स्वीटजरल्याण्डका राजदूत एलिसावेथ भोन क्यापलरसँग शिष्टाचार भेटवार्ता भएको छ । नेपालको शिक्षा, गरिबी न्युनीकरण र ग्रामीण विकासका बारेमा मंगलबार सिंहदरबारमा कुराकानी भएको हो ।

भेटवार्तामा मन्त्री पौडेलले प्राविधिक शिक्षाको विस्तार, स्तरन्नोति र सवलीकरणको लागि सहयोग गर्न स्वीस सरकारलाई आग्रह गर्नुभयो । देशका ७ सय ५३ स्थानीय तहमा प्राविधिक तथा बहुप्राविधिक शिक्षालय पु¥याउने सरकारको योजना रहेको बताउँदै शिक्षामन्त्री पौडेलले स्वीस सरकारलाई थप सहयोग गर्न आग्रह गर्नुएको शिक्षामन्त्रीको सचिवालयले जनाएको छ ।
स्वीस सरकारको सहयोगमा जिरी र बालाजुमा प्राविधिक शिक्षालयको स्थापना, प्राविधिक तथा व्यावसायिक शिक्षामा प्रशिक्षकहरुका लागि तालिम दिने संस्था टिआइटिआइको स्थापना, रोजगार कोष परियोजना, व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजनाका लागि प्राविधिक सहयोग, इन्स्योर परियोजनामार्फत एप्रेन्टिसीप कार्यक्रमको थालनी, विद्यावारिधि र उच्च विद्यावारिधि गर्न स्वीस सरकारको एक्सेलेन्स छात्रवृत्ति, राष्ट्रिय योग्यता पद्धति सबलीकरण परियोजना लगायतमा सहयोग गर्दै आएको छ ।
यस्तै राजदूत क्यापलरलले स्वीस सरकारले गर्दै आएको सहयोगलाई निरन्तरता दिने र मन्त्रालयले प्राविधिक र व्यावसायीक शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रदेश र स्थानीय तहलाई अधिकार दिनुपर्नेमा जोड दिए ।

images
प्रकाशित मिति :फाल्गुण ४, २०७८ बुधवार - १२:४९:५९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology