Logo

सोमवार, श्रावण २५ गते २०८३

images

भवन उद्घाटन गर्दै शिक्षामन्त्री पौडेलले भने– तीन वर्षभित्र सबै विद्यालयका पूर्वाधार बनाउँछौं

भवन उद्घाटन गर्दै शिक्षामन्त्री पौडेलले भने– तीन वर्षभित्र सबै विद्यालयका पूर्वाधार बनाउँछौं

दैनिकी न्यूज

६, फाल्गुण २०७८
भवन उद्घाटन गर्दै शिक्षामन्त्री पौडेलले भने– तीन वर्षभित्र सबै विद्यालयका पूर्वाधार बनाउँछौं
images

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आगामी ३ वर्षभित्र सबै सार्वजनिक विद्यालयका भौतिक पूर्वाधार बनाउने बताउनुभएको छ ।
बिहीबार शान्ति शिक्षा मन्दिर माध्यमिक विद्यालय काठमाडौं महानगरपालिका–१७ ठहिटीको भवन उद्घाटन गर्दै मन्त्री पौडेलले आगामी तीन वर्षभित्र सबै सार्वजनिक विद्यालयका भवन बनाउने बताउनुभएको हो ।
‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममार्फत करिब १९ सय विद्यालय बनेका छन्’ मन्त्री पौडेलले भन्नुभयो, ‘देशभरका विद्यालयमा के आवश्यकता छ त्यसको आधारमा अब विद्यालयका पूर्वाधार बन्छन् ।’ मन्त्री पौडेलले विद्यालय भवनले मात्रै नहुने भन्दै शैक्षिक गुणस्तरका लागि शिक्षक, अभिभावक र विद्यार्थी लाग्नुपर्नेमा जोड दिनुभयो ।
पूर्वाधार निर्माणसँग, ‘पढ्दै कमाउँदै’ कार्यक्रम अघि बढेकाले केही दिनभित्र अर्थमन्त्रालयबाट बजेट स्वीकृत गरी निवेदन दिएका विद्यालयहरुमा सोही कार्यक्रम जाने पनि बताउनुभयो ।
बैशाखबाटै शैक्षिक सत्र शुरु गर्ने मन्त्रालयले निर्णय गरेको बताउँदै जेष्ठ १ गतेबाट कक्षा सञ्चालन हुने बताउनुभयो ।
शिक्षण सिकाइलाई थप प्रभावकारी बनाउन विद्यालयमा ल्याब, आइसीटी ल्याबको व्यवस्था गरिएको बताउँदै शिक्षक दरबन्दी र १८ वर्षदेखि रोकिएको आन्तरिक बढुवाको काम अघि बढेको बताउनुभयो । उहाँले संघीय शिक्षा ऐन, प्राविधिक शिक्षा ऐन, उच्च शिक्षा ऐनको काम मन्त्रालयले सकेर अर्थ र कानुनमा पठाएको दोहोराउनुभयो ।
२०७२ बैशाख १२ गतेको भूकम्पबाट क्षेतिग्रस्त भइ नेपाल सरकार र एसियाली विकास बैंकको आर्थिक सहयोगबाट राष्ट्रिय पुनर्निमाण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) को विपद् उत्थानशील विद्यालय परियोजनमार्फत ४ करोड १७ लाखमा २२ कोठे भवन बनेको हो ।
अर्थमन्त्रीसँग छलफल
मन्त्री पौडेलले शैक्षिक प्रमाणपत्र छितो राखेर ऋण दिने विषयमा अर्थमन्त्री जर्नादन शर्मासँग छलफल गर्नुभएको छ । बिहीबार मन्त्री पौडेलले धिता राखेर ऋण दिने विषयमा छलफल गर्नुभएको हो । सरकारले आर्थिक वर्ष २०७८÷७९ को बजेटमा स्नातक वा सोभन्दा माथि शैक्षिक योग्यता हासिल गरेका युवालाई प्रमाणपत्र धितो राखी कर्जा दिने कार्यक्रम समेटेको थियो । बजेटमा सहुलियतपूर्ण ब्याजदरमा २५ लाख रुपैयाँसम्म कर्जा उपलब्ध गराइने उल्लेख छ ।

 

 

 

images
प्रकाशित मिति :फाल्गुण ६, २०७८ शुक्रवार - ०७:१५:११ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology