Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आजदेखि बि एण्ड बि अस्पतालमा पक्षघातको उपचार सुरु

आजदेखि बि एण्ड बि अस्पतालमा पक्षघातको उपचार सुरु

दैनिकी न्यूज

६, श्रावण २०७९
आजदेखि बि एण्ड बि अस्पतालमा पक्षघातको उपचार सुरु
images

ललितपुर । ललितपुरको ग्वार्कोमा रहेको बि एण्ड बि अस्पतालले आफ्नो सेवा विस्तारको क्रममा आजदेखि मस्तिष्क पक्षघात सम्बन्धि उपचारको सुरुवात गरेको छ ।

बिश्व मस्तिष्क दिवसको अबसरमा एक कार्यक्रम गरि उक्त सेवाको सुरुवात गरेको हो । संसारमै पक्षघातका रोगिहरु बढिरहेको अबस्थामा नेपालमा पनि यस्ता बिमारीको उल्लेख्य वृद्धि भइरहेकोले यस अस्पतालले पनि उक्त सेवा सुरु गरेको अस्पताल प्रशासन प्रमुख प्रकाश भट्टराईले बताए ।

भट्राईका अनुसार मस्तिकघातको कारण प्यारालाईसिस भएर मानिसको जीवन अस्तव्यस्त भएर दिर्घकालिन पिडा भोग्नु परेको अवस्थालाई मध्यनजर गरी मस्तिष्क पक्षघातको वा प्यारालाईसिसको लक्षण देखिना साथ ४ घण्टा भित्र अस्पतालमा आउन सकेमा औषधीबाट यसको उपचार सकिनेछ ्

उनले भने, ‘४ घण्टाको समयमा विरामी हस्पिटल आउन नसके २४ घण्टा भित्र अस्पताल आउन सकेमा रगतको नलिमा तार छिराएर रगतको नसामा जमेको थेग्लो निकाली पक्षघात हुनबाट बचाउन सकिन्छ ।‘

ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जन प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा संस्थापक डाक्टर जगदीशलाल वैध, डाक्टर अशोक बास्कोटा, पत्रकार महासंघ काठमाडौं शाखाका अध्यक्ष सूर्य सुवेदी लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो । हाडजोर्नी, युरोलोजी क्याथल्याब,किड्नी लगायत विभिन्न युनिट मार्फत नागरिकको उपचार गर्दै आएको यस अस्पतालको पक्षघात युनिट भने बरिस्ठ न्युरो सर्जन डाक्टर शिखर श्रेष्ठको नेतृत्वले समाल्नेछ।

images
प्रकाशित मिति :श्रावण ६, २०७९ शुक्रवार - १४:५३:४४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology