Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज देशभर ६३८ जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर ६३८ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

१०, श्रावण २०७९
आज देशभर ६३८ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर थप ६३८ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ६३८ जनामा संक्रमण पुष्टि भएको हो।

पाँच हजार ५५ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।

दुई हजार २१५ जनाको पिसिआर र दुई हजार ८४० जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर तीन हजार ७१४ जना सक्रिय संक्रमित छन्।

कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टा मा दुई जनाको मृत्यु भएको छ।

२१८ जना संक्रमित निको भएका छन्।

images
प्रकाशित मिति :श्रावण १०, २०७९ मंगलवार - २०:१६:५८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology