Logo

आइतवार, श्रावण २४ गते २०८३

images

आज देशभर ८९५ जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर ८९५ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

१६, श्रावण २०७९
आज देशभर ८९५ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर थप ८९५ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ८९५ जनामा संक्रमण पुष्टि भएको हो।

५ हजार ९०९ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।

तीन हजार ६८५ जनाको पिसिआर र दुई हजार २२४ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर ४ हजार ९३४ जना सक्रिय संक्रमित छन्।

कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टा मा एक जनाको मृत्यु भएको छ। २६४ जना संक्रमित निको भएका छन्।

images
प्रकाशित मिति :श्रावण १६, २०७९ सोमवार - १७:१३:४१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology