Logo

आइतवार, श्रावण २४ गते २०८३

images

बुधबार देशभर ८५२ जनामा कोरोना संक्रमण पुष्टि

बुधबार देशभर ८५२ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

१, भाद्र २०७९
बुधबार देशभर ८५२ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । बुधबार देशभर ८५२ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ६ हजार ३८३ जनाको नमुना परीक्षण भएकोमा तीन हजार ८७६ पीसीआर परीक्षणमध्ये ५३१ जनामा र २ हजार ५०७ एन्टिजेन परीक्षणमध्ये ३२१ जनामा कोरोना पुष्टि भएको छ ।

बुधबार कोरोना संक्रमणका कारण निधन हुनेको संख्या शून्य रहेको छ । यस्तै सो अवधिमा ३२८ जनाले कोरोना संक्रमण जितेका छन् । देशभरमा अहिले ५ हजार ४६२ जना सक्रिय संक्रमित रहेका छन् ।

आज थपिएका संक्रमितमध्ये काठमाडौंका २६१ जना, ललितपुरका ५५ जना र भक्तपुरका ६३ जना रहेका छन् ।

images
प्रकाशित मिति :भाद्र १, २०७९ बुधवार - १९:३८:३० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology