Logo

आइतवार, श्रावण २४ गते २०८३

images

आज देशभर ६२३ जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर ६२३ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

३, भाद्र २०७९
आज देशभर ६२३ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर थप ६२३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ६२३ जनामा संक्रमण पुष्टि भएको हो।

४ हजार ९४५ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।

१ हजार ६२१ जनाको पिसिआर र ३ हजार ३२४ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर ५०२४ जना सक्रिय संक्रमित छन्।

४८७ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।

images
प्रकाशित मिति :भाद्र ३, २०७९ शुक्रवार - १६:५६:३७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology