Logo

आइतवार, श्रावण २४ गते २०८३

images

दक्षिण ललितपुरका आमा समूहलाई भाडाकुँडा हस्तान्तरण

दक्षिण ललितपुरका आमा समूहलाई भाडाकुँडा हस्तान्तरण

दैनिकी न्यूज

३, भाद्र २०७९
दक्षिण ललितपुरका आमा समूहलाई भाडाकुँडा हस्तान्तरण
images

ललितपुर । जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले कोन्ज्योसोम गाउँपालिका–१ स्थित घोङ्वा टोलका महिला समूहलाई आवश्यक भाडाकुडाँ हस्तान्तरण गरेको छ । स्वास्थ्य कार्यालय ललितपुरको आयोजनामा साना तथा विशेष अनुदान कार्यक्रम अन्तर्गत उक्त भाडाकुडा ज्ञानोदय आमा समूहलाई प्रदान गरिएको हो ।

बिहीबार स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख जनस्वास्थ्य प्रशासक सतिश विष्ट, कोन्ज्योसोम गाउपालिका–१ का वडाध्यक्ष सन्तलाल लामाले उक्त सामान आमा समूहलाई हस्तान्तरण गरेका हुन् ।

यसअघि स्वास्थ्य कार्यालयले कोन्ज्योसोम र महांकाल गाउँपालिकामा साना अनुदानका कार्यक्रम सञ्चालन गरेको थियो । जस अनुसार कोन्ज्योसोमका पाँच महिला समूहलाई पानी ट्यांकीसहितको सफा जुठेल्नो अनुदान कार्यक्रम वितरण गरिएको थियो । त्यसमध्ये उत्कृष्ट बनेको ज्ञानोदय आमा समूहलाई भाडाकुडा पनि प्रदान गरिएको हो । ‘उहाँहरुमध्येबाट राम्रो गरेकालाई हामीले भाडाकुडा दिएका हौं,’ स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख जनस्वास्थ्य प्रशासक विष्टले बताए । उनका अनुसार दक्षिण ललितपुरमा पानी र विजुली मिल, सुधारिएको चुलोलगायत कार्यक्रमको लागि अनुदान दिइएको थियो ।

300181688_1134684000595282_1896306759858120182_n.jpg

 

 

images
प्रकाशित मिति :भाद्र ३, २०७९ शुक्रवार - १७:५८:०४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology