Logo

आइतवार, श्रावण २४ गते २०८३

images

आज देशभर २२६ जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर २२६ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

१३, भाद्र २०७९
आज देशभर २२६ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । देशभर थप २२६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा थप २२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिए।

४ हजार ११ को परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। १५२५ जनाको पिसिआर परीक्षण गर्दा १४५ र २४८६ जनाको परीक्षण गर्दा ८१ जनामा संक्रमण पुष्टि भएको हो।

२२३ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज समेत भएका छन्।

सोमबार यसको संक्रमणबाट कसैको मृत्यु भएको छैन। देशभर ३२३५ जना सक्रिय संक्रमित छन्।

images
प्रकाशित मिति :भाद्र १३, २०७९ सोमवार - १८:४६:३४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology