काठमाडौं । आज देशभर २५७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनका अनुसार ३९२१ जनामा परीक्षणमध्ये सो संख्यामा संक्रमण पुष्टि भएको छ।
आज २३२ जना कोरोना भाइरस संक्रमणबाट निको भएका छन्। सक्रिय संक्रमितको संख्या ३१४६ पुगेको छ।
पाँच सयभन्दा बढी संक्रमित भएका जिल्ला काठमाडौं र ललितपुर छन्।
संक्रमित शून्य भएका जिल्ला मनाङ, मुस्ताङ, बागलुङ, कालिकोट, हुम्ला, डोल्पा र मुगु छन्।