काठमाडौं । देशभर थप तीन सय जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा थप तीन सय जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।
४ हजार ५९० को परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। १९८१ जनाको पिसिआर परीक्षण गर्दा १७७ र २६०९ जनाको परीक्षण गर्दा १२३ जनामा संक्रमण पुष्टि भएको हो।
१२४ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज समेत भएका छन्।
यसको संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य छ भने २४५७ जना सक्रिय संक्रमित छन्।