Logo

आइतवार, श्रावण २४ गते २०८३

images

आज देशभर १५२ जनामा कोरोना संक्रमण पुष्टि, दुईको मृत्यु

आज देशभर १५२ जनामा कोरोना संक्रमण पुष्टि, दुईको मृत्यु

दैनिकी न्यूज

२४, भाद्र २०७९
आज देशभर १५२ जनामा कोरोना संक्रमण पुष्टि, दुईको मृत्यु
images

काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर १५२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार १५२ जनामा संक्रमण पुष्टि भएको हो।

३ हजार २९४ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।

एक हजार १८६ जनाको पिसिआर र दुई हजार १०८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर २४४८ जना सक्रिय संक्रमित छन्।

१३३ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको छ।

images
प्रकाशित मिति :भाद्र २४, २०७९ शुक्रवार - २३:०४:५१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology