Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज देशभर ६६ जनामा कोरोना सङ्क्रमण पुष्टि

आज देशभर ६६ जनामा कोरोना सङ्क्रमण पुष्टि

दैनिकी न्यूज

६, आश्विन २०७९
आज देशभर ६६ जनामा कोरोना सङ्क्रमण पुष्टि
images

काठमाडौं । पछिल्लो २४ घण्टामा ६६ जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणको पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी तीन हजार दुई सय ६२ जनाको नमुना परीक्षण गर्दा ६६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा एक सय ३७ जना सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि मृत्यू भएको छैन । नेपालमा कोरोना भाइरसको सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार चार सय पाँच जनामा झरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

images
प्रकाशित मिति :आश्विन ६, २०७९ बिहिवार - १९:०६:५६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology