Logo

आइतवार, श्रावण २४ गते २०८३

images

आज डेंगुले २ जनाको मृत्यु, संक्रमित संख्या २८ हजार नाघ्यो

आज डेंगुले २ जनाको मृत्यु, संक्रमित संख्या २८ हजार नाघ्यो

दैनिकी न्यूज

१३, आश्विन २०७९
आज डेंगुले २ जनाको मृत्यु, संक्रमित संख्या २८ हजार नाघ्यो
images

काठमाडौं । नेपालमा डेंगु संक्रमणबाट ३८ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार बिहीबार २ जना संक्रमितको मृत्यु भएको हो। यस्तै डेंगुबाट संक्रमण हुने संक्रमितको संख्या पनि २८ हजार नाघेको छ।

मन्त्रालयको विवरण अनुसार हाल देशभर २८ हजार १ सय ९ जना डेंगु संक्रमित रहेका छन्। जसमध्ये सबैभन्दा धेरै संक्रमित वागमती प्रदेशमा रहेका छन्।

हाल वागमती प्रदेशमा २१ हजार ९७५ जना संक्रमित रहेका छन्। प्रदेश १ मा ८२९ जना, मधेश प्रदेशमा ४१३, गण्डकी प्रदेशमा ६७७, लुम्बिनी प्रदेशमा ३ हजार १२५ जना, कर्णाली प्रदेशमा २३८ जना र सुदूरपश्चिम प्रदेशमा ८५० जना डेंगु संक्रमित रहेका मन्त्रालयको तथ्यांक छ।

images
प्रकाशित मिति :आश्विन १३, २०७९ बिहिवार - १८:२०:२२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology