ललितपुर । बि एण्ड बि अस्पताल तथा एचआर डिसी अस्पताल बनेपाका संस्थापाक वरिष्ठ अर्थाेपेडिक सर्जन प्रोफेसर डाक्टर अशोक बास्काेटाले TSK गाेल्ड मेडल प्राप्त गरेका छन ।
हरेक बर्ष प्रदान गरिने याे मेडल world Orthopaedic concern ( WOC int) ) तथा ( CMIcs) ले हाडजोर्नी बिशेषज्ञता तथा यसमा याेगदान दिए बापत दिने गरेको याे अन्तर्राष्ट्रिय मेडल हाे।३० सेप्टेम्बर २०२२ क्वालालम्पुर मलेसियामा आयोजना भएको बिशेष अन्तर्राष्ट्रिय पुरस्कार TSK गाेल्ड मेडलाबाट नेपाल का चर्चित हाडजोर्नी राेग बिशेषज्ञ डाक्टर बास्काेटा सम्मानित भएका हुन।
डाक्टर बास्काेटा नेपालका चर्चित र आम नागरिककाे मनमा बसेका डाक्टर हुन।उनले सन २०११ मा स्वास्थ क्षेत्रकै नाेबेल पुरस्कार मानिने ओर्ल्ड अफ चिल्ड्रेन हेल्थ अवार्ड , सन २०१४ मा स्टार इम्प्याक्ट अवार्ड लगायत धेरै अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरिसकेका छन।
नागरिकहरुले विश्वसनीय र सर्वसुलभ उपचार नपाएको समयमा उनले डाक्टर जगदीश बैद्य सग मिलेर प्राइभेट अस्पताल बि एण्ड बि खाेलेका थिए।उक्त अस्पताललाई नागरिकहरुले रुचाए पछि उनी जन्मदै अपाङ्गता भएका बालबालिकालाई नि:शुल्क उपचार गर्ने सस्था एचआर डिसि ( बनेपामा) खाेलेर समाजसेवा पनि गरिरहेका छन।
