Logo

आइतवार, श्रावण २४ गते २०८३

images

आज देशभर १० जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर १० जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

१९, आश्विन २०७९
आज देशभर १० जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । पछिल्लो २४ घण्टामा १० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी नौ सय ७८ जनाको नमुना परीक्षण गर्दा १० जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा ७६ जना निको भएसँगै कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या सात सय ३२ जनामा झरेको छ । यस्तै थप नौ हजार पाँच सय ११ जनाले कोरोनाविरुद्धको खोप लगाएको विवरण प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैबीच गएको साउनपछि नेपालमा ३१ हजार एक सय तीन जनामा डेङ्गी संक्रमण पुष्टि भएको छ । डेङ्गी पुष्टि भएकामध्ये ४१ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ ।

images
प्रकाशित मिति :आश्विन १९, २०७९ बुधवार - १९:२४:४३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology