Logo

आइतवार, श्रावण २४ गते २०८३

images

नेपालमा कोरोना भाइरसको नयाँ सब भेरियन्ट पुष्टि

नेपालमा कोरोना भाइरसको नयाँ सब भेरियन्ट पुष्टि

दैनिकी न्यूज

७, कार्तिक २०७९
नेपालमा कोरोना भाइरसको नयाँ सब भेरियन्ट पुष्टि
images

काठमाडौं । नेपालमा पहिलो पटक कोरोना भाइरसको नयाँ सब भेरियन्ट एक्सबीबी पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको जिनोमिक सिक्वेन्सिङका क्रममा एकजना नेपालीमा नयाँ सब भेरियन्ट एक्सबीबी पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारिले विज्ञप्ति निकाल्दै गत २१ साउन देखि १४ असोजसम्म कोभिड– १९ को विभिन्न उमेर समूहका व्यक्तिहरुबाट संकलित नमूनाहरुको छनौट गरी केही नमूनाको जिनोमिक सिक्वेन्सिङ गर्दा ओमिक्रोनको सबभेरियन्ट एक्सबीबी पुष्टि भएको जानकारी दिनुभएको हो ।

मन्त्रालयका अनुसार अहिलेसम्म सो भेरियन्ट विश्वका विभिन्न देशमा फैलिनुका साथै कोरोना सङ्क्रमण दर पनि बढ्दो क्रममा छ ।

त्यसैले दीपावली, छठजस्ता पर्वमा भीडभाडले गर्दा संक्रमण अझै बढ्न सक्ने खतरा रहेको भन्दै मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेको छ ।

images
प्रकाशित मिति :कार्तिक ७, २०७९ सोमवार - ०७:३३:३२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology