Logo

आइतवार, श्रावण २४ गते २०८३

images

चितवनमा बढे डेंगी संक्रमित

चितवनमा बढे डेंगी संक्रमित

दैनिकी न्यूज

११, कार्तिक २०७९
चितवनमा बढे डेंगी संक्रमित
images

भरतपुर । चितवनमा डेंगी संक्रमितको संख्या दुई हजार नाघेको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार चालु आर्थिक वर्षमा हालसम्म दुई हजार एक सय ६४ जनामा डेंगी संक्रमण पुष्टि भइसकेको छ । सो अवधिमा आठ हजार आठ सय ५३ जनामा डेंगु परीक्षण गर्दा दुई हजार एक सय ६४ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

कार्यालयको तथ्यांकअनुसार उनीहरूमध्ये एक हजार चार सय ५१ चितवन जिल्लाभित्रका छन् । जसमा आठ सय २२ पुरुष र छ सय २९ महिला छन् । चार सय ५४ संक्रमित अन्य जिल्लाका हुन् भने दुई सय ५९ जनाको ठेगाना नखुलेको कार्यालयले जनाएको छ । चितवनमा यो अवधिमा डेंगी संक्रमणबाट तीन जनाको ज्यान गएको कार्यालयले जानकारी दिएको छ ।

 

चितवनका सात पालिकामध्ये सबैभन्दा धेरै डेंगी संक्रमित भरतपुर महानगरपालिकाका रहेका छन् । भरतपुरमा हालसम्म पाँच सय ५९ पुरुष र चार सय १९ महिला गरी नौ सय ७८ जनामा डेंगी संक्रमण पुष्टि भइसकेको छ ।

खैरहनी नगरपालिकामा एक सय २४, माडीमा २८, रत्ननगरमा एक सय ९७, राप्तीमा ७९ र कालिकामा ३७ जनामा डेंगी देखिएको कार्यालयको तथ्यांकमा उल्लेख छ । इच्छाकामना गाउँपालिकामा हालसम्म आठ जनामा डेंगी संक्रमण पुष्टि भएको छ ।

अझै केही समय डेंगी संक्रमण हुनसक्ने भन्दै कार्यालयले सचेत बन्न सबैलाई आह्वान गरेको स्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी राम केसीले बताए । उनले जाडो बढेसँगै डेंगी कम हुँदै जाने अनुमान गरिएको बताए । रासस

images
प्रकाशित मिति :कार्तिक ११, २०७९ शुक्रवार - ११:१३:३५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology