Logo

सोमवार, श्रावण २५ गते २०८३

images

थप तीन जनामा कोरोना संक्रमण पुष्टि

थप तीन जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

१७, मंसिर २०७९
थप तीन जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप तीन जनामा कोरोना भाइरस (कोभिड–१९ संक्रमण पुष्टि भएको छ । ८४३ वटा स्वाब नमूनाको पीसीआर परीक्षण गर्दा तीन जनामा संक्रमण देखिएको हो । यो अवधिमा एन्टिजेन विधिबाट परीक्षण गरिएका ३३५ नमूनामा कोरोना देखिएन ।

हालसम्म नेपालमा कोरोनाका कारण १२ हजार १९ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर २१ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या नौ लाख ८८ हजार ७६३ पुगेको छ । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या १२१ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।

images
प्रकाशित मिति :मंसिर १७, २०७९ शनिवार - १९:२३:०४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology