Logo

आइतवार, श्रावण २४ गते २०८३

images

भेटिए दुई हजार दुई सय ८५ कुष्ठरोगका बिरामी

भेटिए दुई हजार दुई सय ८५ कुष्ठरोगका बिरामी

दैनिकी न्यूज

१४, माघ २०७९
भेटिए दुई हजार दुई सय ८५ कुष्ठरोगका बिरामी
images

ललितपुर । चालु आर्थिक वर्षमा मुुलुकभर दुई हजार दुई सय ८५ कृष्ठरोगका बिरामी भेटिएका बताइएको छ ।

द लेप्रोसी मिसन नेपालले लेलेको टिकाभैरवस्थित आनन्दवन अस्पतालमा आज ७० औं विश्व कुष्ठरोग दिवसको अवसरमा आयोजना गरेको ‘कुुष्ठरोग सम्बन्धि अन्तरक्रिया र पत्रकार सम्मेलन’ कार्यक्रममा चालु आर्थिक वर्ष २०७८–७९ सो संख्याका बिरामी भेटिएका बताइएको हो ।

मिसनका कुष्ठरोग विशेषज्ञ डा. प्रशन्न नापितले विगतका आवमा मात्रै ११ जिल्लामा सो रोगका बिरामी रहेका भनाइ राख्दै चालु आवमा १६ जिल्लामा सो रोगका बिरामी भेटिएका बताए । उनले भने, “विशेष गरी तराईका जिल्लामा यस रोगका बिरामी देखिने गरेका छन् । बाक्लो बस्ती भएको स्थानमा बढि मात्रामा यस रोगका बिरामी भेटिएका हुन् ।” झापा, मोरङ्, सिराहा, बारा, पर्सा, धनुषा, महोतरी, सलाही, रौतहट, बारा, रुपन्देही, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र अक्षाममा सो रोगका बिरामी हाल रहेका नापितले जानकारी गराएका थिए ।

ललितपुर जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा. सतिश विष्टले मुलुकमा लगभग तीन वर्ष अघि भित्रिएको कोरोना महामारीपछि ललितपुर जिल्लामा पनि सो रोगका बिरामी बढेका भनाइ राखे । उनले भने, “यस रोग अन्त्यका लागि ललितपुरमा रहेका महिला स्वास्थ्य स्वयंसेवीकाका साथै जनप्रतिनिधि मिलेर निर्मुल गराउन लाग्नुपर्ने देखिन्छ ।”

अस्पतालका मेडिकल डाइरेक्टर डा. महेश शाहले आफूहरुले सो अस्पतालबाट कुष्ठरोगको साथसाथै अन्य उपचार सेवा पनि दिने गरेकोे बताए । उनले भने, “यस अस्पताल दक्षिण ललितपुरका तीन गाउँपालिकावासीको उपचार गर्ने केन्द्रविन्दु रहेकाले हामीले छाला तथा हाड जोर्नी र दन्त चिकित्सा आदि सम्बन्धि विभिन्न उपचार गर्ने गरेका छौं ।”

गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले सो रोगको लक्षण देखिएका मानिसले समयमै उपचार नगरे भयाभहको स्थिती सिर्जना नहुने धारणा राख्दै समयमै ध्यान दिन आग्रह गरे । उनले भने, “यस अस्पतालले कोरोना महामारीका बेला उक्त सङ्क्रमणका बिरामीलाई उपचारमा सहयोग गरी नगरपालिकाको समस्या समाधानमा विशेष सहयोग गरेको छ ।”

नगरपालिकाका उपप्रमुख मुना अधिकारीले विद्यालयका विद्यार्थी वर्गमाझ पनि कुष्ठरोग र सोको उपचार बारे जानकारी गराउन जरुरी रहेको बताउँदै समाजमा जनचेतना फैलाउने माध्यम विद्यार्थी रहेको सुझाव दिइन ।

मिसनका देशिय निर्देशक सोभाकर कडेलले वर्षमा दुई देखि तीन हजार कुष्ठरोगका नयाँ बिरामी भेटिने गरेका राख्दै सो रोग मुक्त नेपालका लागि हामी सबै क्षेत्रका मानिस मिलेर अघि बढ्नुपर्ने औँल्याए ।

वि.सं २०१३ सालमा स्वर्गीय राजा महेन्द्र वीर बिक्रम शाह भारत भ्रमणमा जाँदा आनन्दवन भन्ने सो रोगका बिरामी उपचार गर्ने संस्था देखेपछि नेपालमा पनि उक्त तवरको अस्पताल चाहिन्छ भनी २०१५ सालमा लेलेको आनन्दवन अस्पताल स्थापना गरेएका कार्यक्रममा बताइएको थियो ।
हाल सो संस्थाका साथै अस्पतालमा मुलुकभरका कुष्ठरोगका बिरामी उपचार गर्न आउने गरेका छन् ।

326454031_1652632898489949_2342375704954244432_n.jpg

325446751_1166149860771768_2668555310721549626_n.jpg

324956463_913841166308852_7407241245174680164_n.jpg

images
प्रकाशित मिति :माघ १४, २०७९ शनिवार - ०८:१६:५७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology