Logo

आइतवार, श्रावण २४ गते २०८३

images

डाक्टरको काममा इन्जिनियरको हस्तक्षेप

डाक्टरको काममा इन्जिनियरको हस्तक्षेप

दैनिकी न्यूज

२१, जेठ २०८१
डाक्टरको काममा इन्जिनियरको हस्तक्षेप
images

नेत्र प्रसाद घिमिरे/सामान्यतया मेडिकल उपकरण काम लाग्ने वा नलाग्ने कार्य सम्बन्धित विषयका बिशेषज्ञ डाक्टर वा उपकरण चलाउने प्राविधिकको हुन्छ । उपकरणमा चालु अवस्थामा भए पनि रोगीलाई रोग नदेखाएमा वा निरोगिलाई रोग देखाएमा त्यस्ता उपकरणको प्रयोग वर्जित गरिन्छ । उपकरण मर्मत भएर ठिक भएपनि रोगि र निरोगीको नमुना जाँच वा क्यू सि सामग्रीहरुको जाँचको रिपोर्ट सहि नभएको खण्डमा त्यो उपकरण बिरामीको नमुना जाँच गर्न अयोग्य प्रमाणित हुन्छ । तर केहि निकायले यसको बिपरित बायोमेडिकल इन्जिनियरलाई मेडिकल उपकरण काम लाग्ने वा नलाग्ने प्रमाणित गर्न प्रयोग गरेको र यसले डाक्टरको काममा इन्जिनियरको हस्तक्षेप मान्न सकिन्छ । तसर्थ आ–आफ्नो विज्ञता सम्बन्धित क्षेत्रमा प्रयोग गरौ, पेशागत मर्यादालाई कायम गरौ ।

Health Office Advertise sthan pan 0.jpg

प्रयोगशाला जाँच र यसमा प्रयोग हुने उपकरण र स्वास्थ्य सामग्री सम्बन्धि बिज्ञ प्रयोगशाला सेवा प्रदान गर्ने प्राबिधिक हुन । ती प्राबिधिक प्रयोग्शालाकर्मी र यस क्षेत्रका बिज्ञहरु हुन् । उपकरण निर्माण गर्ने र उपकरणको हार्डवेयर सम्बन्धि बिज्ञ उपकरण वा सामग्री निर्माण गरिने कम्पनीमा हुन्छन । जसमा मेकानिकल इन्जिनियर, इलेक्ट्रोनिक इन्जिनियर, बायोमेडिकल इन्जिनियर इलेक्ट्रोनिक इन्जिनियरहरुको समूहले कुनै उपकरणको निर्माण गर्दछ । बायोमेडिकल इन्जिनियरले उपकरणमा सामान्य खराबिलाई मर्मत गर्न सक्छन । त्यसमा पनि क्लोज खालको उपकरण मर्मत गर्न सम्बन्धित कम्पनीकै इन्जिनियरले गर्ने गर्दछ । यस्तो अवस्थामा बायोमेडिकल इन्जिनियरलाई अन्य देश/कम्पनीमा उत्पादित उपकरण काम लाग्ने वा नलाग्ने प्रमाणित गर्न प्रयोग गर्नु गलत हुन्छ । कुनै उपकरण काम लाग्ने वा नलाग्ने प्रमाणित गर्न सम्बन्धित प्राविधिकले रोगि र निरोगी व्यक्तिको नमुना जाँच गरेर वा गुणस्तर नियन्त्रणमा प्रयोग हुने क्यू सि सामग्रीहरुको जाँच गरेर सम्बन्धित कार्य गर्ने बिज्ञले गर्ने गर्दछ न कि त्यो उपकरण मर्मत गर्ने इन्जिनियरले । उपकरण इन्जिनियरले मर्मत गरे पनि रोगि र निरोगीको नमुना जाँच वा क्यू सि सामग्रीहरुको जाँचको रिपोर्ट सहि नभएको खण्डमा त्यो उपकरण बिरामीको नमुना जाँच गर्न अयोग्य प्रमाणित हुन्छ ।

प्याथोलोजी प्रयोगशाला जाँच सेवाका मुलतः चार प्रकारका बिज्ञहरु हुन्छन । प्याथोलोजिष्ट, हेमाटोलोजिष्ट, बायोकेमिष्ट र माइक्रोबायोलोजिष्ट हुन् । यी चार विद्यमा पनि सुपर स्पेसियालिष्टहरु जस्तै भाइरोलोजिष्ट, ब्यकटेरिओलोजिष्ट, इन्डोक्राइनोलोजिष्ट, इम्युनोलोजिष्ट, माइकोलोजिष्ट, परासाईटोलोजिष्ट लगायत अन्य बिज्ञहरु हुन्छन । यस सेवामा प्रयोग गरिने उपकरणहरु र स्वास्थ्य सामग्री छनौट गर्ने र उपकरण काम लाग्ने वा नलाग्ने प्रमाणित गर्ने कार्य प्रयोगशाला बिज्ञले बिरामीको नमुना वा स्वस्थ्य मानिसको नमुनाको जाँच गरेर मात्र निर्धारण गर्न सकिन्छ । साथै गुणस्तर नियन्त्रणमा प्रयोग हुने क्यू सि सामग्रीहरुको जाँच गरेर गर्न सकिन्छ । कुनै उपकरणमा लागेको ट्याग, अन्तरराष्ट्रिय छापले कुनै उपकरण काम लाग्ने वा नलाग्ने निर्धारण हुन् सक्दैन । बरु रोगीलाई रोग देखाउने उपकरण र स्वस्थ्य मानिसलाई निरोगी देखाउने उपकरण मात्र सहि उपकरण मानिन्छ ।

१. प्याथोलोजिष्टः शरीरमा कुनै किसिमको क्यान्सर छ छैन मासु÷बायोप्सीको जाँच बिभिन्न किसिमको उपकरणहरु जस्तै माइक्रोटोम, टिष्यु प्रोशेषर, वाटरबाथ, माक्रोस्कोप लगायत अन्य उपकरणहरुको उपयोग गरेर गर्ने गर्दछ । यसमा सबै तयारीका कार्यहरु लगायत कोशीका/तन्तु रंगाउने कार्य मेडिकल तेक्नोलोजिष्टले र माइक्रोस्कोपमा प्याथोलोजिष्टले गर्ने गर्दछ । यसमा प्रयोग हुने उपकरण र स्वास्थ्य सामग्री काम लाग्ने वा नलाग्ने सम्बन्धि बिज्ञ मेडिकल टेक्नोजिष्ट र प्याथोलोजिष्ट हुन्छन ।
२. हेमाटोलोजिष्टः बोन म्यारो र रगतमा पाइने कोशीकाहरुको जाँच बिभिन्न किसिमको उपकरणहरु जस्तै हेमाटोलोजी कुल्टर, वाटरबाथ, माक्रोस्कोप लगायत अन्य उपकरणहरुको उपयोग गरेर गर्ने गर्दछ । यसमा सबै तयारीका कार्यहरु लगायत कोशीकाहरुको जाँच÷तन्तु रंगाउने कार्य सहित कोशिकाको संख्या निर्धारण लगायत सामान्य किसिमको जाँच मेडिकल तेक्नोलोजिष्टले र माइक्रोस्कोपमा कोशिकाको बिस्तृत अध्ययन गरि क्यान्सर भए नभएको हेमाटोलोजिष्टले गर्ने गर्दछ ्र। यसमा प्रयोग हुने उपकरण र स्वास्थ्य सामग्री काम लाग्ने वा नलाग्ने सम्बन्धि बिज्ञ मेडिकल टेक्नोजिष्ट र हेमाटोलोजिष्ट हुन्छन ।
३. बायोकेमिष्टः शरीरको भिभिन्न भागमा पाइने पानी वा रगतको पानीमा पाइने विभिन्न केमिकल वा बायोमोलिक्युलको जाँच बिभिन्न किसिमको उपकरणहरु जस्तै बायोकेमिकल अनेलाइजर, वाटरबाथ, माक्रोस्कोप, पी.सी.आर. लगायत अन्य उपकरणहरुको उपयोग गरेर गर्ने गर्दछ । यसमा सबै तयारीका कार्यहरु लगायत बायोकेमिकलहरुको जाँच कार्य सहित लगायत सामान्य किसिमको जाँच मेडिकल तेक्नोलोजिष्टले र बिस्तृत अध्ययन गरी रोग भए नभए जाँचको बिशेश्ग्य जाँच बायोकेमिष्टले गर्ने गर्दछ । यसमा प्रयोग हुने उपकरण र स्वास्थ्य सामग्री काम लाग्ने वा नलाग्ने सम्बन्धि बिज्ञ मेडिकल टेक्नोजिष्ट र बायोकेमिष्ट हुन्छन ।
४. माइक्रोबायोलोजिष्टः बिभिन्न प्रकारका जिबाणु, किटाणु र परिजीबीहरुको जाँच बिभिन्न किसिमको उपकरणहरु जस्तै इन्क्युबेटर, वाटरबाथ, माक्रोस्कोप, पी.सी.आर. लगायत अन्य उपकरणहरुको उपयोग गरेर गर्ने गर्दछ । यसमा सबै तयारीका कार्यहरु लगायत किटाणुहरुको जाँच÷किटाणुहरु रंगाउने कार्य सहित किटाणु कोशिकाको संख्या निर्धारण लगायत सामान्य किसिमको जाँच मेडिकल तेक्नोलोजिष्टले र माइक्रोस्कोपमा कोशिकाको बिस्तृत अध्ययन गरि पहिचान कार्य इक्रोबायोलोजिष्टले गर्ने गर्दछ । यसमा प्रयोग हुने उपकरण र स्वास्थ्य सामग्री काम लाग्ने वा नलाग्ने सम्बन्धि बिज्ञ मेडिकल टेक्नोजिष्ट र माइक्रोबायोलोजिष्ट हुन्छन् ।

प्रयोगशालामा प्रयोग हुने उपकरण काम लाग्ने वा नलाग्ने प्रमाणित गर्ने बिज्ञहरु माथि उल्लेखित मेडिकल ल्याब टेक्निसियन, तेक्नोलोजिष्ट एबं बिज्ञ स्तरमा प्याथोलोजिष्ट, हेमाटोलोजिष्ट, बायोकेमिष्ट र माइक्रोबायोलोजिष्ट हुन् न कि उपकरण निर्माणको बेलामा उपकरण बनाउने बायोमेडिकल इन्जीनियर, इन्जिनियरले उपकरण मर्मत गर्ने कार्य गर्दछ तर हाम्रो प्रयोगशालामा भएको उपकरण क्लोज सिस्टमको भएको हुनाले त्यसको बिज्ञ सम्बन्धित कम्पनीको आधिकारिक बिज्ञलाइ मात्र उक्त उपकरणको हार्डवेयरको ज्ञान हुन्छ । त्यसकारण यस्ता उप्करणको बिज्ञ कुनै बायोमेडिकल इन्जीनियर हुन् सक्दैन । उपकरण काम लाग्ने वा नलाग्ने प्रमाणित गर्ने कार्य प्रयोगशाला बिज्ञले बिरामीको नमुना वा स्वस्थ्य मानिसको नमुनाको जाँच गरेर मात्र निर्धारण गर्न सकिन्छ । साथै गुणस्तर नियन्त्रणमा प्रयोग हुने क्यू सि सामग्रीहरुको जाँच गरेर गर्न सकिन्छ । कुनै उपकरणमा लागेको ट्याग, अन्तरराष्ट्रिय छापले कुनै उपकरण काम लाग्ने वा नलाग्ने निर्धारण हुन् सक्दैन । बरु रोगीलाई रोग देखाउने उपकरण र स्वस्थ्य मानिसलाई निरोगी देखाउने उपकरण मात्र सहि उपकरण मानिन्छ ।

Health office Nepali khan pan.jpg

images
प्रकाशित मिति :जेठ २१, २०८१ सोमवार - ०८:३३:४७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology