Logo

आइतवार, श्रावण २४ गते २०८३

images

ट्राफिक प्रहरीहरुको स्वास्थ्य समस्या न्युनिकरणका लागि कार्यक्रम सम्पन्न

ट्राफिक प्रहरीहरुको स्वास्थ्य समस्या न्युनिकरणका लागि कार्यक्रम सम्पन्न

दैनिकी न्यूज

२६, माघ २०८१
ट्राफिक प्रहरीहरुको स्वास्थ्य समस्या न्युनिकरणका लागि कार्यक्रम सम्पन्न
images

ललितपुर । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय ललितपुरद्वारा आयोजित ट्राफिक प्रहरीहरुको स्वास्थ्य समस्या न्युनिकरणका लागि कार्यक्रम सम्पन्न भएको छ।

Dainikeenews advertise Final Health.jpg

ट्राफिक प्रहरीलाई लक्षित गरेर आयुर्वेद तथा वैकल्पिक चिकित्सालय ललितपुरद्वारा शुक्रबार र शनिवार ललितपुर आयोजित प्रदुषणबाट उत्पन्न स्वास्थ्य समस्या न्युनिकरण कार्यक्रममा प्रदुषणबाट जोगिने उपायहरू, स्वास्थ्य समस्या समाधानका लागि योग, व्यायामलगायतका विषयमा अभिमुखीकरण गरिएको हो ।

Final Advertise aayurberdik.jpg
कार्यक्रम उद्घाटनका अवसरमा शुक्रबार मन्तव्य राख्दै जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फूँयालले स्वास्थ्य समस्या समाधानका दीर्घकालीन असरका बारेमा जानकारी लिएर ग्रहण गर्दै त्यसलाई अवलम्बन गर्न आग्रह गरे ।
'स्वस्थ ब्यक्तिको स्वास्थ्यको रक्षाका साथै रोगी व्यक्तिको रोग निवारण गर्न आयुर्वेदिक ओैषधिको उपयोग महत्त्वपूर्ण छ, रोग लागेर उपचार गर्ने भन्दा पनि रोग नै लाग्न नदिनेमा जोड दिनुपर्नेछ, यसका लागि हामीले खानपिन सुधार्न, जीवनशैलीमा परिवर्तन ल्याउन जरुरी छ, धुम्रपान, मध्यपानलगायतको प्रयोग र यसको कुलतबाट जोगिएर स्वस्थ र सादगीपूर्ण सात्विक जीवनशैली अपनाउनु आवश्यक हुन्छ।' उनले भने ।
प्रमुख फूँयालले हरेक नागरिकलाई स्वस्थ राख्न स्वास्थ्य सम्बन्धि स्थानीय सरकारका कार्यक्रमहरुलाई प्रभावकारी बनाउनुपर्छ भने । उनले योग, ध्यान, व्यायाम र प्राकृतिक आहारविहारका कर्महरु सिकेर स्वास्थ्यलाभका लागि महत्त्वपूर्ण ज्ञान हासिल गर्दै अरुलाई पनि सिकाउन सक्ने सीप विकास गर्न आग्रह गरे ।
ट्राफिक प्रहरी परिसर ललितपुरका भूपेन्द्र गिरीले ३६५ दिन नै सडकमा रहेर ट्राफिक व्यवस्थापनमा लाग्ने प्रहरीहरुलाई लक्षित गरेर गरिएको काम महत्त्वपूर्ण भएको बताए ।
आयुर्वेद तथा वैकल्पिक चिकित्सालय ललितपुरका निमित्त कार्यालय प्रमुख सृजना मरासिनीले ट्राफिक प्रहरीका कारण सडकको व्यवस्थामा खटिने प्रहरीहरुको स्वास्थ्यलाई ध्यान दिएर कार्यक्रम आयोजना गरिएको जानकारी गराए। उनले दिनभर सडकमा उभिएर सेवा प्रदान गर्ने ट्राफिक प्रहरीलाई लक्षित गरेर योग, व्यायामका माध्यमबाट उनीहरुलाई स्वस्थ राख्दा सबैलाई सहज हुने बताइन । सूचना र प्रविधिको युगमा मोबाइल, टेलिभिजन, कम्युटरलगायतका प्रविधिजन्य सामग्रीहरुका कारण निष्क्रिय जीवनशैलीका कारण मानिसहरुमा रोग बढ्दै गइरहेको अवस्थामा आयुर्वेदिक ओैषधि र वैकल्पिक चिकित्साको उपचार अनिवार्य जस्तै भएको बताइन् ।
कार्यक्रममा आयुर्वेद विज्ञ डाक्टर प्रेरक रेग्मी, नर्मदा चापागाईं, बैद्य निरीक्षक रोमाकुमारी झालगायतले आयुर्वेदिक ओैषधिको उपयोग, योग, व्यायाम, नत्स्यकर्म लगायतको जानकारी गराएका थिए । तालिममा जिल्लामा कार्यरत करिब ५० जना ट्राफिक प्रहरीको उपस्थिति रहेको थियो ।

images
प्रकाशित मिति :माघ २६, २०८१ शनिवार - २०:०७:०२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology