Logo

आइतवार, श्रावण २४ गते २०८३

images

महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई आयुर्वेद सम्बन्धि सचेतना

महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई आयुर्वेद सम्बन्धि सचेतना

दैनिकी न्यूज

२२, फाल्गुण २०८१
महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई आयुर्वेद सम्बन्धि सचेतना
images

ललितपुर । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय ललितपुरले आयोजना गरेको महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई आयुर्वेद सम्बन्धि सचेतना सम्पन्न भएको छ। 

WhatsApp Image 2025-03-06 at 07.40.26_8f6c07f6.jpg

ललितपुर महानगरपालिकाभित्रका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई लक्षित गरेर आयुर्वेद तथा वैकल्पिक चिकित्सालय ललितपुरले बिहीबार यहाँ आयोजित कार्यक्रममा आयुर्वेदको महत्त्व, निरोगिताको लागि आयुर्वेदको उपयोग, यसले मानव स्वास्थ्यमा पार्ने सकरात्मक प्रभावका बारेमा अभिमुखीकरण गरिएको बरिष्ठ बैद्य नर्मदा चापागाईँले जानकारी गराइन्।

WhatsApp Image 2025-03-06 at 07.40.26_3c68ca2b.jpg
कार्यक्रमको उद्घाटन समारोहमा मन्तव्य राख्दै जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फुँयालले नेपालको स्वास्थ्य क्षेत्रमा महिला स्वास्थ्य स्वयम् सेविकाहरुले उत्कृष्ट काम गरेको भनेर विश्व स्वास्थ्य संगठनले समेत भनिसकेको उल्लेख गर्दै हरेक नागरिकको घरघरमा पुगेर स्वास्थ्य सेवा प्रदान गर्ने उनीहरूलाई आयुर्वेद ओैषधिको महत्त्व, यसको उपयोग र मानव जीवनमा यसको आवश्यकताका बारेमा सचेतना जगाउँदा हरेक नागरिकलाई निरोगी बनाउन सहयोग पुग्ने बिस्वास व्यक्त गरे ।
'स्वयंसेविकाहरुले कम शुल्कमा घरघरमा पुगेर स्वास्थ्य सुविधा पुर्‍याउनु भएको छ, सेवा सुविधा थप गर्ने बिषयमा संघ र प्रदेश सरकारसँग हामीले बारम्बार कुरा उठाइरहेका छौँ, स्वयंसेविकाहरुलाई आयुर्वेदिक चिकित्साका बारेमा जानकारी गराउँदा जनतामा सकारात्मक सन्देश जान्छ, यसले पनि स्वास्थ्यमा राम्रो प्रभाव पार्छ, थप असर सृजना गर्दैन भन्ने कुराको जानकारी दिन प्रभावकारी काम हुन्छ।' उनले भने ।

Final Advertise aayurberdik.jpg
उनले नागरिकको माग र आवश्यकता अनुरुप प्रदेश र संघ सरकारसँग आयुर्वेदिक ओैषधिको उपचार पद्धतिलाई प्रभावकारी बनाउने बिषय बस्तुका सन्दर्भमा कुरा उठाउने प्रतिवद्धता व्यक्त गरे । रोग लाग्न नदिन आयुर्वेद चिकित्सालयले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने भन्दै प्रमुख फूँयालले ललितपुरको ग्रामीण क्षेत्र तीव वटा गाउँपालिकामा पनि यस्त कार्यक्रम गर्न आग्रह गरे ।

स्वस्थ ब्यक्तिको स्वास्थ्यको रक्षाका साथै रोगी व्यक्तिको रोग निवारण गर्न आयुर्वेदिक ओैषधिको उपयोग महत्त्वपूर्ण रहेको भन्दै निमित्त कार्यालय प्रमुख सृजना मरासिनीले रोग लागेर उपचार गर्ने भन्दा पनि रोग नै लाग्न नदिनेमा जोड दिनुपर्ने बताए ।
उनले आयुर्वेद ओैषधालयबाट हुने सेवा प्रवाह, घर वरपर पाइने जडिबुटीको उपयोग, सुत्केरी महिलाहरुका लागि दुग्धवर्घक जडिबुटीको उपयोगका बारेमा जानकारी दिन यो कार्यक्रम महत्त्वपूर्ण भएको बताइन ।

Srijana Marasini.jpg

स्वस्थ्य जीवनशैलीका लागि हरेक मानिसले खानपिन सुधार्न, स्वस्थ र सादगीपूर्ण सात्विक जीवनशैली अपनाउन आवश्यक हुने बताउँदै उनले स्वयमसेविका मार्फत नागरिकको जीवनशैलीमा परिवर्तन ल्याउन जरुरी रहेको बैद्य निरीक्षक रूमा कुमारी झाले बताइन।
कार्यक्रममा ल्वाव टेक्निसियन युरिका खाइतूले सहभागीहरुमा नसर्ने रोगहरुको स्क्रिन सेवा प्रदान गरेकी थिइन् ।

images
प्रकाशित मिति :फाल्गुण २२, २०८१ बिहिवार - ०७:५१:०१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology