Logo

आइतवार, श्रावण २४ गते २०८३

images

जेष्ठ नागरिकलाई निःशुल्क ओैषधि बितरण र सुत्केरी महिलाहरुलाई पोषण वितरण गर्ने

जेष्ठ नागरिकलाई निःशुल्क ओैषधि बितरण र सुत्केरी महिलाहरुलाई पोषण वितरण गर्ने

दैनिकी न्यूज

२२, फाल्गुण २०८१
जेष्ठ नागरिकलाई निःशुल्क ओैषधि बितरण र सुत्केरी महिलाहरुलाई पोषण वितरण गर्ने
images

ललितपुर । ललितपुरको गोदवरी नगरपालिका वडा नं ३ का अध्यक्ष सानुराज घिमिरे (राज)ले  वडाको व्यवस्थापनमा निकट भविष्यमा नै जेष्ठ नागरिकलाई निस्शुल्क ओैषधि बितरण र सुत्केरी महिलाहरुलाई पोषण वितरण गर्ने बताएका छन् ।
वडा कार्यालयसँगको समन्वयमा गोदावरी स्वास्थ्य चौकीमा बुधबार भएको नसर्ने रोगको निःशुल्क स्क्रिनिङ्ग सेवा सुरुवातको अवसरमा शुभकामना मन्तव्य राख्दै अध्यक्ष घिमिरेले स्वास्थ चौकीको सहजीकरणमा अन्य वडाहरुमा भन्दा प्रभावकारी सेवा प्रदान गर्न ध्यानपूर्वक लागिपर्ने बताए ।
'धेरै वडामा हामीले जसरी काम गर्न सकेको अवस्था छैन, तपाईहरुकै सहयोगले मैले प्रभावकारी काम गर्ने अवसर पाएको छु,  म कुरा भन्दापनि काम गर्न चाहान्छु।' घिमिरेले भने ।
बुधबार भएको नसर्ने रोगको स्क्रिनिङ्गमा वडाका १ सय ३० जना सेवाग्राहीहरुले सेवा लिएका थिए ।

images
प्रकाशित मिति :फाल्गुण २२, २०८१ बिहिवार - १७:५४:०७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology