राजीव श्रेष्ठ/सिद्धार्थ गौतम बुद्धलाई संघ वा धार्मिक समुदायमा महिलालाई प्रवेश दिन नचाहेका कारण प्रायः यौनवादी भएको आरोप लगाइन्छ। तर, बुद्धको जीवनमा विभिन्न महिलाहरूको महत्त्वपूर्ण भूमिका छ र उहाँको ज्ञान प्राप्तितर्फको यात्रा र बुद्ध धर्मलाई आजको उन्नत दृष्टिकोणमा ल्याईपुराउन विभिन्न महिलाको ठुलो भूमिका छ। वासिङ्टन स्टेट युनिभर्सिटीकी प्राध्यापक जेनिफर वाट्सकाअनुसार ‘बुद्धधर्ममा महिलाको स्थान’ शीर्षकको आफ्नो शोधपत्रमा बुद्ध धर्मले पितृसत्तात्मक शक्ति संरचनाले प्रभुत्व जमाउने संस्था बनाएकाले नारी धर्मनिरपेक्ष, अपवित्र, शक्तिहीन र अपूर्णसँग जोडिएको दाबी गरेकी छन् । तैपनि महिलाहरूले आफ्नो आध्यात्मिक आवश्यकता र क्षमताहरू पुरुषहरूजस्तै ठूलो छन् भनी प्रमाणित गरिरहेकै छन्। उनको विचारधाराले बौद्ध धर्ममा महिलाको बारेमा पश्चिमी दृष्टिकोणलाई प्रतिनिधित्व गर्दछ। तर, यथार्थ जान्नको लागि हामीले यस विषयमा चिन्तनशील दृष्टिकोण राख्न आवश्यक छ। महायान ग्रन्थहरूमा विश्वास गरिएको छ कि धार्मिक संघमा महिलाहरूलाई सम्मानित स्थान दिइएको छ। बौद्ध धर्मको महायान परम्परा, बुद्धको जन्मस्थल, नेपाल र एसियाली महादीपमा प्रचलनमा रहेको सबैभन्दा ठूलो र पुरातन परम्परामा तथागतगर्भ भनिने शब्दको उल्लेख छ जसको अर्थ बुद्ध प्रत्येक मानिसमा लिङ्गको भेदभाव नगरी उपस्थित हुन्छ। विभिन्न महायानी ग्रन्थहरूमा आमाको छविसहितको माया र करुणाको पहिचानले महिलाको महत्त्वपूर्ण भूमिकालाई प्रष्ट पार्छ। महायानको तान्त्रिक परम्परामा सुधार आएको छ। तान्त्रिक मतअनुसार महिलामा पनि बुद्धत्व प्राप्त गर्ने समान क्षमता हुन्छ । तिब्बती र मंगोलियन बौद्ध धर्मले रहस्यमय तान्त्रिक प्रयोगको अभ्यास गर्दछ जसले स्त्री तत्वलाई महत्त्वपूर्ण भूमिका प्रदान गर्दछ। यस लेखकसँगको छोटो कुराकानीमा बौद्ध साहित्यकार तथा काठमाडौंको दरबार हाईस्कुलका पूर्व प्रधानाध्यापक प्रोफेसर सुवर्ण शाक्यले बौद्ध धर्मका महायान र थेरवाद दुवै सम्प्रदायले नेपालमा महिलालाई पूर्ण स्वतन्त्रता दिएको बताए। थेरवाद परम्पराले अनिवार्य रूपमा नेपालमा महिलाहरूलाई विहार जीवन अभ्यास गर्न अनुमति दिएको छ। बज्रयान पथका महिलाले नचाहेको खण्डमा बुद्ध धर्म मान्ने बाध्यता नभएको तर नेपालमा चल्ने बौद्ध धर्मका हरेक विद्यालयमा महिलाको महत्वपूर्ण भूमिका रहेको पनि उनले बताए ।
त्यसैगरी, तिब्बती बौद्ध धर्मले पनि बौद्ध धर्ममा महिलालाई उच्च स्थान दिएको छ । तिब्बती बौद्ध धर्ममा ‘आमा वा पत्नी’ को रूपमा नारीको छवि छ।आमा वा सृष्टिकर्ताको रूपमा प्रारम्भिक सिद्धान्त प्रत्येक धर्मको प्रारमभिक अवस्थाहरूसँग सम्बन्धित छ। महिला तारा एक मानिन्छ मुक्तिवादी अभियन्ता मानिन्छ जसले सबै त्रास र शङ्काहरू हटाउँछ । उनले मानिसमा नकारात्मक भावना हटाएर ज्ञान प्राप्तिका निमित्त प्रोत्साहित गर्छिन।
यदि हामीले केही ऐतिहासिक तथ्य र तथ्याङ्कमा विचार गर्ने हो भने पनि हामी देख्न सक्छौँ पाचौं शताब्दीको प्रारम्भिक कालदेखि बुद्ध धर्म अभ्यासमा महिलाहरूको संलग्नता थियो । जब प्रजातारा भनिने महिला, जेन(बौद्ध धर्मको भारतीय अभिन्न गुरु बनिन्। जापानमा न्यान्दाई भनिने महिला अठारौं शताब्दीमा पहिलो जेन धर्म प्रवर्तक बनिन। त्यसैगरी, गौतम बुद्धले बुद्धत्व प्राप्त गरेको पाँच वर्षपछि पहिलो पटक महिलाहरूलाई आफ्नो धार्मिक समुदाय वा संघमा नियुक्त गर्नुभएको थियो। उनले महाप्रजापतिलाई आफ्नो संघमा भिक्षुणीको रूपमा नियुक्त गरे। जब हामी तथ्य र तथ्याङ्कहरूको बारेमा कुरा गर्छौं, यो बुझ्न आवश्यक छ किन बुद्धले आफ्नो काकी प्रजापतिलाई पहिलो नजरमा भिक्षु प्रवेश स्वीकार गर्न अस्वीकार गर्नुभयो। यसलाई बुझ्नको लागि हामीले बुद्धकालको सामाजिक संरचना जान्नुपर्छ। हामीले बुद्धको समयको समाजमा गहिरो खोजी गर्नुपर्छ।
बुद्ध सानै उमेरमा छँदा तात्कालीन समाज पूर्ण पितृसत्तात्मक सँरचनामा चलिरहेको थियो । आदरणीय भन्ते पट्टी नकाईका अनुसार सिद्धार्थले महिलालाई पुरुषको प्रजनन, पालनपोषण र मनोरञ्जन गर्ने वस्तुको रूपमा मात्र देखेका थिए। आफ्नी सौतेनी आमादेखि आफ्नी श्रीमतीसम्म, दरबारका सबै नर्टकी तथा सेविकाहरुलाई शाक्यमुनिले नारीहरूलाई पुरुषलाई खुसी पार्ने इनामको लागि पालिएका प्राणीको रूपमा हेरेका थिए। यदि हामीले तिब्बती बौद्ध ग्रन्थहरूमा हेर्यौं भने, हामी देख्न सक्छौं कि गौतमलाई यौनवादी भएको आरोप लगाइएको थिएन, बरु एक व्यक्तिको रूपमा मानिन्छ जसको सांस्कृतिक बनौटले
उनलाई महिलाहरूको बारेमा कुनै अन्य दृष्टिकोणबाट सोच्ने अनुमति दिँदैन। भन्ते पत्ती नकाईले पनि आफ्नो अनुसन्धानमा प्रजापतिको पालनपोषण र सानै उमेरदेखि रेखदेख गरेको हुनाले उनले शाक्यमुनिलाई धर्म र अध्यात्मप्रति चासो जगाएका हुन् भन्ने शंका गरेका छन् । सिद्धार्थ गौतमकी आमा मायादेवीको मृत्युपछि सांस्कृतिक चलनअनुसार मायादेवीकी कान्छी बहिनी प्रजापतिको विवाह राजा शुद्धोदनसँग गर्नुपर्थ्यो। यस प्रक्रियामा उनले आफ्नो बारेमा सोचेका सपनाहरू छोड्नुपरेको थियो र राज्यको सम्पूर्ण अपेक्षा पूरा गर्ने आशा उनीबाट राखिएको थियो। यसरी, उनी राजकुमार सिद्धार्थको पहिलो शिक्षिका थिइन्। उनी नश्वरताको अनुभूतिबाट गुज्रिसकेकी हुनाले जीवन चल्दैन एक व्यक्तिको इच्छा अनुसार भन्ने ज्ञान थियो, जुन बौद्ध धर्मको प्रमुख शिक्षा बिन्दु हो। त्यसैले जब प्रजापतिले उनलाई संघमा प्रवेशको लागि अनुरोध गरे, उनले महिलाले घर र परिवारको हेरचाह गर्ने हो भनी बताउँदै अस्वीकार गरे, तर त्यही समयमा उनले उनलाई पहिलो भिक्षुणी बन्न दिए किनकि सिद्दार्थ गौतमले शायद महशूस गरेका थिए कि उनको करिब छ वर्ष लामो तपस्या र अभ्यासले मात्र उनको बुद्धत्वको विरासत प्राप्त गर्न सकेको थियो तर प्रिय सौतेनी आमा प्रजापति मार्फत धार्मिक पक्षहरूको प्रारम्भिक पथप्रदर्शनले पनि सघाएको थियो। समग्रमा, हामी यो निष्कर्षमा पुग्न सक्छौं कि महिलाप्रति घृणा वा उनको यौनवादी धारणाको कारणले होइन तर सामाजिक परिस्थितिका कारण गौतम बुद्धले सुरुमा महिलाहरूलाई संघमा प्रवेश गर्न दिएनन् तर जब उनले आफ्नी सौतेनी आमा प्रजापति र उनको महिलाहरूको समूहलाई अनुमति दिए त्यसपछि आफ्ना बुवा राजाशुधोदनका दरबारमा रहेका महिलाले उनको धार्मिक समुदायमा प्रवेश गरे, त्यसपछि उनीहरूले बुद्धको व्यवहारमा परिवर्तन गर्न सफल भए अर्थात उनको महिला सम्बन्धी आयाम तोड्न। हाल नेपाल लगाएत भारत, श्रिलँका, म्यानमार, थाईल्याण्ड तथा विश्वका अन्य मुलुकका महिलाको समान सहभागिता र महत्वपुर्ण भुमिका हरेक बुद्ध बिहारमा देख्न पाईन्छ।