Logo

आइतवार, श्रावण २४ गते २०८३

images

लकडाउनमा कलाकारः कोही सामाजिक काममा कोही आराममा

लकडाउनमा कलाकारः कोही सामाजिक काममा कोही आराममा

रामहरि कार्की

१२, जेठ २०७७
लकडाउनमा कलाकारः  कोही सामाजिक काममा कोही आराममा
images

अरुबेला व्यस्त रहने धेरैजसो कलाकारहरु लकडाउनमा खाली छन् । यद्यपी समय कटाउने मेलोे सबै कलाकारहरुले गरेका छन् । तर, केही कलाकारलाई भने सामाजिक कार्यमा भ्याईनभ्याई छ । यो बेला खाली समयको सदुपयोग सबै कलाकारहरुले फरक फरक तरिकाले गरिरहेका छन् । घर बसाइसमा के गर्दै छन् चर्चित सेलेब्रिटी ? दैनिकी न्युजले केही सेलेब्रिटीसँग गरेको कुराकानी:

फिल्म रच्दै दीपकराज
हास्यकलाकारका नामले परिचित हुँदै फिल्ममा हाम फालेका कलाकार तथा निर्देशक दीपकराज गिरी घरमै बसिरहेका छन् । उनी चर्चित फिल्म छक्का पञ्जाको चौथो सिरिजको स्क्रिप्ट रचना गरिरहेका छन् । ‘सकेसम्म समयको सदुपयोग गरेको छु, राम्रो काम गर्नेलाई यो अवसर हो,’ उनले सुनाए । त्यसो त दीपकराजलाई एकोहोरो लेखिरहन झ्याउ लाग्छ । व्यायाम, परिवारसँग भलाकुसारी र घरको अन्य काम पनि गर्छन् उनी ।

सामजिक सञ्जालमा व्यस्त रेखा
रेखा थापा सामाजिक सञ्जालमा व्यस्त रहन्छीन् । उनी सामाजिक व्यस्त रहेतापनि त्यसको दुरुपयोग भने गर्दिनन् । कसैकसैले रेखा थापा चौबिसै घण्टा अनलाईनमा भनेर पनि आरोप लगाउँछन् । तर, रेखाले सामाजिक सञ्जालमा आफ्न्तसँग कुराकानी र ज्ञानगुनका कुराहरु हेरेको बताउँछिन् । ‘मैले समयलाई आफ्नै तरीकाले प्रयोग गरेकी छु, यो समय अवसर पनि हो,’ उनले सुनाईन् ।
सरकारले लकडाउनको घोषणा गर्नुअघिदेखि नै नायिका तथा निर्मात्री रेखा थापा घरबाहिर निस्कन छाडेकी थिइन् । विश्वभर कोरोना भाइरसको महामारी फैलिएपछि सतर्कता अपनाउँदै तीन–चार दिन अघिदेखि आफू घरमै बसिरहेको रेखाले बताइन् ।

लकडाउनमा रेखा अहिले घरमा एक्लै छिन् । आमा गाउँ गएपछि एक्लै भएकी हुन् । एक्लै हुँदा पनि समय गएको पत्तै नहुने उनले बताइन् । ‘एक्लै छु, बिहान उठ्यो सरसफाइ र्गयो। एकछिन व्यायाम र्गयो, खाना पकायो खायो ।

योगा र पूजापाठमा दीपा
दीपाश्री निरौलालाई पनि अहिले प्रसस्त फुर्सदको समय छ । यो बेला उनी सकेसम्म घरमै बसेकी छन् । अरुबेला हिडिरहन पर्ने भएकाले अहिले उनले घरायसी काममा बढी समय दिएकी छन् । त्यसको साथसाथै पाठपुजा गर्न पनि उनलाई मनपर्छ । कोरोना भाइरसको संक्रमण रोक्न सरकारले देशभर लकडाउन गरेपछि उनले योगा र पूजापाठमा आफ्नो दिन बितिरहेको बताइन् । ‘बिहान उठेपछि केही समय योग गर्छु, पूजापाठ गर्छु,’ उनले भनिन ।

सामाजिक कार्यमा व्यस्त राज
अन्य कलाकारहरु घरमै बसिरहेको अवस्थामा कलाकार राज घिमिरे भने यतिबेला सामाजिक कार्यमा व्यस्त छन् । कोरोना जोखिमको पर्वाह नगरी उनी अहिले बिपन्नको सेवामा खटिएका छन् । चैत्र ११ गतेयता उनी घरघर र टोलटोलमा पुगेर राहत वितरण तथा कोरोना सचेतना बाड्दै आइरहेका छन् । सामाजिक सहयोग र राहत सामग्री किन्दा आफूसँग आर्थिक अभाव हुँदै गएतापनि उधोरोमै भएपनि अप्ठेरोमा परेकोलाई सहयोग गर्दै आइरहेको कलाकार घिमिरे सुनाउँछन् । ‘मसँग हुँदा मात्रै होइन नहुँदा पनि खर्चपर्र्च र ऐचोपैचो गरेर पनि दुःखीलाई हेरेको छ, मन भए पैसै चाहिन्छ भन्ने छैन, यस्तोबला कलाकारहरु घरभित्रै मात्र सिमित रहेर पुग्दैन,’ उनले सुनाए । उनले स्थानीयको घरमा खाद्यान्न वितरण गरेका थिए । पछिल्लो समय जोखिममा रहेका स्थानीयको कोरोना परिक्षणमा सहयोग तथा अन्य जिविकोपार्जनमा सहयोग गर्दै आइरहेका छन् । कोरोना महामारीबाट बच्न स्थानीयलाई मास्क, पञ्जा, स्यानिटाइजर लगायत सुरक्षा सामग्री बाडेका छन् ।

व्यायाम र पढाईमा व्यस्त वर्षा
वर्षा शिवाकोटी पढ्ने अभिनेत्रीको रुपमा परिचित छिन् । उनी अहिले घरमै बसेर व्यायाम गर्दै र पढ्दै दिन बिताइरहेको बताइन् । ‘अरुबेला फुर्सद नै हुन्न, अहिले धेरैपछि फुर्सदको समय पाएको छु । घरमै यसलाई सदुपयोग गरिरहेको छु,’ उनले भनिन् । उनले आफूसँग नयाँ नयाँ पुस्तक रहेको र ती पुस्तक पढ्ने गरेको जानकारी दिइन् । यसबाहेक उनले समय कटाउन फिल्म हेर्ने, सामाजिक सञ्जाल चलाउने र परिवारका सदस्यसँग कुरा गर्ने गरेकी छन् ।

छोरीसँग खेल्दै प्रमोद
पछिल्लो सयम व्यस्त हुने कलाकारका रुपमा पर्छन् गायक प्रमोद खरेल । उनी पनि अहिले घरमै बसेका छन् । उनलाई समय बिताउन भने निकै सजिलो छ । सानी छोरीसँग रमाउँदै गरेको फोटो उनले सामाजिक सञ्जालमा पनि पोष्ट गरेका थिए । ‘अहिले परिवारलाई धेरै समय दिएका छु,’ उनले भने, ‘यस्तो समय फर्की फर्की आउँदैन ।’

 

images
प्रकाशित मिति :जेठ १२, २०७७ सोमवार - १८:४०:१७ बजे

 

रामहरि कार्की

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology